Websoft University

www.radiomakalu.com || 021-522512


हतारमा पार्टी एकीकरण नगर्ने वैद्य माओवादीको निर्णय



काठमाडौं ,असार ९ गते । नेकपा क्रान्तिकारी माओवादीले हतारमा पार्टी एकीकरण प्रक्रियामा संलग्न नहुने निर्णय गरेको छ ।

रामबहादुर थापा ‘बादल’ समूह पार्टीबाट बाहिरिएपछि मोहन वैद्य ‘किरण’ नेतृत्वको समूहले राजधानीमा राष्ट्रिय भेला गरेको थियो ।

तीन दिनसम्म चलेको भेलाले माओवादी केन्द्र दक्षिणपन्थी नवशंशोधनवादी भएको र पश्चगामी दिशातिर अग्रसर भएको भन्दै पार्टी एकतालाई खारेज गर्ने निर्णय गरेको छ । वैद्य माओवादीबाट अलग भएर बादलको नेतृत्वमा बहुमत केन्द्रीय सदस्य प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा गएका थिए ।

भेलाले सच्चा कम्युनिष्टहरुसँग एकीकरण हुनसक्ने मान्यतालाई स्वीकार गरेको छ । ‘तर, हतारमा एकीकरण वा ध्रुविकरण प्रक्रियामा संलग्न नबन्ने ठेगान गरिएको छ,’ पार्टी अध्यक्ष मोहन वैद्य किरणले भनेका छन् ।

वैद्य माओवादीले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । साथै अहिलेको संविधान प्रतिक्रियावादी नभएको ठहर गर्दै त्यसको भण्डाफोर गर्ने बताएको छ ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget