भक्तपुरः नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले वर्तमान सरकारले भूकम्पपिडितका नाममा राहत दिने भन्दा पनि कार्यकता पोस्नतर्फ लागेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उनले प्राधिकरणले काम नगरेको अवस्थामा सरकारले आफ्ना कार्यकर्ता भरणपोषणमा लागेको आरोप लगाउँदै पीडितका सवालमा प्रधानमन्त्रीले जेठसम्म छानो दिने भनाइ उखान टुक्का र मनोरञ्जनमै सीमित बनेको बताए ।
उनले सरकारले भूकम्पपीडितका हकमा जतिसक्दो छिटो बासको बन्दोबस्ती गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन, तबसम्म कांग्रेसले संसद अवरुद्ध गर्दै पीडितका पक्षमा उभिने बताए ।
महतले प्राधिकरणको बिधानमै अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्षमा प्रमुख प्रतिपक्ष रहने भएता पनि हालसम्म कुनै बैठक नगरेको भन्दै कांग्रेसको बिरोधपश्चात पहिलो बैठक बसेको बताए ।
प्रचन्डले कांग्रेसलाई समर्थन गर्ने जनाएपनि पछि परिवर्तन भएकै कारण तत्काल सरकार परिवर्तन नभएको भन्दै हालसम्म नेपाली कांग्रेसँग बहुमत नभएकै कारण वर्तमान सरकार टिकेको बताए ।कुटनीतिकपक्षमा पूर्णरुपमा असफल रहेको वर्तमान सरकारको काम र ब्यवहार हेरे पुग्ने भन्दै उनले वर्तमान सरकारको नेतृत्वले काम भन्दा पनि नेपालीलाई मनोरञ्जन प्रदान गरेको आरोप लगाए ।
कांग्रेसमा पछिल्लो समय गट उपगुटको राजनीति मौलाएको बिषय हल्ला मात्र भएको उनको भनाइ छ ।
Post a Comment