Websoft University

www.radiomakalu.com || 021-522512


कुन पौष्टिक तत्वले के काम गर्छ ?



१. कार्बोहाइड्रेट
– शक्ति प्रदान गर्छ । ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ ।
– यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ ।
– एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
२. प्रोटिन
– कोष÷कोषिकाहरूको बृद्धि विकास गर्छ ।
– खिइएको कोष÷कोषिकाहरूको मर्मत–सम्भार गर्छ ।
– समष्टिगत रूपमा भन्नुपर्दा शारीरिक बृद्धि तथा विकास गर्छ ।
– एक ग्राम प्रोटिन बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।
३. चिल्लो
– शक्ति प्रदान गर्छ ।
– छालाको हेरचाह गर्छ ।
– थोरै मात्राले धेरै शक्ति दिन्छ ।
– भिटामिनहरू जस्तैः ‘ए, डी, ई, के’लाई शरीरभित्र सञ्चालन गर्दछ ।
– एक ग्राम चिल्लो बराबर ९ किलो क्यालोरी शक्ति प्राप्त हुन्छ ।

४. भिटामिन
– यसलाई सूक्ष्म पौष्टिक तत्व पनि भनिन्छ । यिनीहरू ज्यादै थोरै मात्रामा भए पनि पुग्ने तर नभई नहुने हुन्छन् ।
भिटामिन ‘ए’
– स्वस्थ आँखाका लागि
– छालाको हेरचाहका लागि
– शारीरिक बृद्धि विकासका लागि
– अन्य रोगको आक्रमणबाट बचाउन ।
भिटामिन ‘डी’
– शरीरको हड्डी बलियो पार्न
– रिकेट्स र ओस्टिओमालासिया जस्ता हड्डी सम्बन्धी रोगबाट बचाउन
– क्याल्सियम जस्ता खनिज तत्व सोस्न ।
भिटामिन ‘ई’
– शरीरभित्रको अत्यावश्यक चिल्लोहरू बचाएर राख्न
– रातो रक्त कोष बनाउन
– भिटामिन ‘ए’, क्यारोटिनजस्ता तत्वहरू बचाइ राख्न
– कोष÷कोषिकाहरू नष्ट हुन नदिन ।
भिटामिन ‘के’
– शरीरमा चोट लाग्दा अधिक रगत बग्नबाट रोकथामका लागि
– घाउ–चोट निको पार्न
– हड्डी बनाउन ।
भिटामिन ‘बी’
– कमजोरी र थकान कम गर्न
– रुचि बढाउन
– बेरी–बेरी हुन नदिन
– झाडा–पखला र पेलाग्रा हुन नदिन
– स्मरण शक्ति कायम राख्न ।
भिटामिन ‘सी’
– गिजा सम्बन्धी रोग हुन नदिन
– छालाभित्र रगतका कोषिका फुट्न नदिन
– रक्त अल्पताको कमी गर्न
– विभिन्न रोगको प्रतिरोध गर्न
– लामो समयसम्म निरोगी राख्न ।
५. खनिज तत्व
क्याल्सियम
– हड्डी बलियो पार्न
– दाँत बलियो पार्न
– मांशपेशी चलमलाउन ।
फलाम
– शरीरभित्र रगत बन्न
– रक्त अल्पत्ताको कमी गर्न
– शारीरिक बृद्धि विकास गर्न
– रुचि बढाउन
– विभिन्न रोगबाट बचाउन
– शरीर स्वस्थ राख्न ।
आयोडिन
– शरीर सुस्त हुन नदिन
– शरीर फुर्तिलो पारिरहन
– गलगाँडबाट बचाउन
– लाटो, लठेब्रो हुन नदिन ।
फ्लोरिन
– दाँतलाई स्वस्थ राख्न
६. पानी
– सबै पौष्टिक तत्वलाई शरीरको विभिन्न भागमा पु¥याउन
– शरीरको फोहोर–मैला बाहिर निकाल्न
– शरीरमा तातोपना कायम राख्न ।
                                         - स्वास्थ्य खबरपत्रिकाबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget