Websoft University

www.radiomakalu.com || 021-522512


सुदूरपश्चिमका साढे २५ लाख जनताका लागि जम्मा १२ जना बिशेषज्ञ डाक्टर

-गणेश ठगुन्ना

डडेल्धुरा ,  असार ६ गते । साढे २५ लाख भन्दा बढी जनसंख्या रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा स्वास्थ्य संस्थाहरुमा बिशेषज्ञ चिकित्सकहरुको दरबन्दी न्यून रहेको छ ।

त्यसमा पनि भएको दरबन्दी पनि पदपूर्ती नहुँदा यस क्षेत्रका नागरिकहरुले समस्या झेल्नु परेको छ । स्वास्थ्य संस्थामा बिशेषज्ञ डाक्टर नहुँदा नागरिकहरुले अलिकति जटिल समस्या देखिने बित्तिकै टाढाका अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । जसले गर्दा उपचारमा भन्दा बढी यातायातमा खर्चिनु परेको घटना पनि प्रशस्तै छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अनुसार सुदूरपश्चिमका बिभिन्न स्वास्थ्य संस्थाहरुमा गरी कुल ६० जना विशेषज्ञ डाक्टरहरुको दरबन्दी रहेको छ । तर पदपूर्ती भने २० प्रतिशत पनि हुन सकेको छैन । अहिले कुल दरबन्दीमा १२ जना मात्र विशेषज्ञ डाक्टरहरु सुदूरपश्चिमका स्वास्थ्य संस्थाहरुमा कार्यरत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायव सुब्बा अमर भण्डारीले जानकारी दिए । उनँका अनुसार ४८ जना विशेषज्ञ डाक्टरहरुको दरबन्दी रिक्त रहेको छ ।

पछिल्लो जनगणना अनुसार २५ लाख ५२ हजार ५ सय १७ जनसंख्या रहेको सुदूरपश्चिमा १२ जना मात्रै विशेषज्ञ डाक्टर हुनु दुःखको कुरा भएको नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहले बताए । सरकारले यस क्षेत्रमा न्यून मात्रामा दरबन्दी राखेको र त्यसमा पनि भएका दरबन्दी पनि पदपूर्ती नगरि दिदा नागरिकले दुःख पाउनुका साथै पाउनु पर्ने अधिकार समेत लिन नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

अहिले सुदूरपश्चिमका चारवटा स्वास्थ्य संस्थाहरुमा मात्रै बिशेषज्ञ डाक्टरहरुको दरबन्दी तोकिएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर र जिल्ला अस्पताल बैतडीमा बिशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना बिशेषज्ञ डाक्टरहरुको दरबन्दी भएपनि एक जनाको पनि पदपूर्ती हुन सकेको छैन । अहिले एक जना बिशेषज्ञ करारमा सेवा प्रवाह गरिरहेका छन् ।

उता कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा २१ जना बिशेषज्ञको दरबन्दी भएपनि ११ जनाको मात्रै पदपूर्ती भएको छ । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा कुल १९ जनाको दरबन्दी भएकोमा एकजनाको पनि पदपूर्ती हुन नसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायव सुब्बा भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पताल बैतडीमा रहेको बिशेषज्ञको एक बरबन्दी भने पदपूर्ती भएको छ ।

बिशेषज्ञ डाक्टरसँगै सुदूरपश्चिममा मेडिकल अधिकृतको समेत ठूलो संख्यामा दरबन्दी रिक्त रहेको छ । नौवटै जिल्लाका बिभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमा ७१ जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृत भएपनि ४० वटा मात्रै पदपूर्ती हुँदा ३१ वटा दरबन्दी रिक्त अवस्थामा रहेको निर्देशनालयले जनाएको छ ।

यसबाहेक अहिले यस क्षेत्रमा करार र अस्थायी गरी ३४ जना मेडिकल अधिकृतहरु कार्यरत रहेको जनाइएको छ ।

यी संस्थामा चिकित्सक पठाउने निकाय स्वास्थ्य मन्त्रालय अहिले सुदूरपश्चिमकैले हाँकिरहेका छन् । कैलालीका रामजनम चौधरी स्वास्थ्य मन्त्री भएको एक वर्ष नाघिसकेको छ । तर, सम्बनिधत मन्त्रालयमा बसेर पनि आफ्नै क्षेत्रका लागि केही गर्न नसकेको गुनासो सुदूरपश्चिमबासीको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget