Websoft University

www.radiomakalu.com || 021-522512


विद्यालय शान्ति क्षेत्र कहिले हुने





प्रेम देवान,

विराटनगर १० असार । राजनितिक अस्थिरताका कारण विद्यालय शान्ति क्षेत्र हुन नसकिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।



बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजप र शिक्षा पत्रकार समुहको सहाकार्य तथा युनिसेफको आर्थिक सहयोगमा आज विराटनगरमा आयोजना गरेको विद्यालय शान्ति क्षेत्र सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै वक्ताहरुले राजनितिक दलहरु बन्द हटताल नगर्ने प्रतिबद्ध नभए सम्म विद्यालय शान्ति क्षेत्र घोषणामा मात्रै सिमित हुने बताए । कार्यक्रममा उनीहरुले विद्यालय व्यवस्थापन समितिको छनौट प्रकृया एकाधिकार गर्न नहुने, विद्यार्थी र शिक्षक विच समन्वयको दुरा टाढा राख्न नहुने बताए ।

कार्यक्रममा बोल्दै संचारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुले राजनितिक दलका नेता तथा कार्यकर्ताले आफ्नो असन्तुष्टि र माग हरु पुरा गराउन सर्वप्रथम विद्यालय र बालबालिकाहरुलाइ नै हतियारका रुपमा प्रयोग गर्नाले पनि विद्यालय शान्ति क्षेत्र बनाउन चुनौति थपिएको बताए । कार्यक्रममा संचारकर्मी नेत्र पि अधिकारीले विद्यालय शान्ति अभियान तथा स्थानिय स्तरमा विद्यालय शान्ति क्षेत्र विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget