Websoft University

www.radiomakalu.com || 021-522512


यही आर्थिक वर्ष सेयर बजारले २ हजार अंक छुनसक्छ (अन्तर्वार्ता)



सेयर विश्लेषक रविन्द्र भट्टराईले यो आर्थिक वर्षभित्रै नेप्से परिसूचक २ हजार अंकसम्म पुग्ने बताएका छन् । बजारमा लगानीकर्ताहरुको उत्साह अत्यधिक भएकाले आगामी दुइहप्ता सेयर बजार बुलिस ट्रेन्डमै रहने उनको विशलेषण छ । भट्टराईले सेयर बजारसँग सम्बन्धीत विभिन्न किताबहरु पनि लेखेका छन् । हालैमात्र सार्वजानिक भएको उनको ‘सेयरबाट करोडपति नामक किताब निकै चर्चामा छ । उनै भट्टराईसँग अब सेयर बजार कता जाला ? भन्ने विषयमा केन्द्रित रहेरअनलाइनखबरले गरेको कुराकानीः


रविन्द्र भट्टरार्इ, सेयर विश्लेषक

नेप्से परिसूचक १७ सय अंकमा उक्लिएको छ, अब कता जाला ?

सेयर बजार अहिले जुन किसिमले बढेको छ, त्यसमा कारोबार संख्या र रकम दुबैलाई हेर्दा तत्कालै घटिहाल्ने संभावना देखिँदैन । लगानीकर्तामा अहिले जुन किसिमको उत्साह देखिएको छ । त्यसले बजार अझ माथि जानसक्ने संभावना रहेको देखाउँछ ।

कहाँसम्म पुग्ला त ?

वैशाखपछि साउन भदौसम्मको समय सेयर बजारका लागि निकै उर्वर मानिन्छ । बितेका १३ वर्षको विश्लेषण गर्दा १० वटा वर्षमा बैशाखदेखि भदौसम्मको अवधिमा सेयर बढेको पाइन्छ । यसलाई आधार मानेर विश्लेषण गर्ने हो भने पनि बजार अझै एकदुई सय अंक माथि जान सक्छ ।

भनेपछि अब दशैंसम्म सेयर बढ्दो प्रवृत्ति (बुलिस ट्रेन्ड) मै रहन्छ ?

दैनिक कारोबारमा सामान्य घटबढ भए पनि समग्रमा भदौ अन्तिमसम्म नेप्से सूचक बढ्दो प्रवृत्तिमै रहन्छ भन्ने मेरो विश्लेषण हो । साउन अन्तिमदेखि सूचीकृत कम्पनीहरुले कमाएको नाफाबाट लाभांस घोषणा गर्न सुरु गर्छन्, त्यसले बजार प्रभावित बनाउँछ । विगतका वर्षहरुमा पनि भदौमा सेयर बजार उच्चतम विन्दुमा पुगेको अवस्था हो । ०६५ भदौ १५ गते नेप्से सूचक ११७५ अंकमा पुगको थियो ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन बाँकी छ । मौद्रिक नीतिमा लघुवित्तको केही सकारात्मक कुराहरु आयो भने त्यसले बजार अझै बढाउँछ । त्यस्तै बीमा सम्बन्धी ऐन पनि बीमा कम्पनीहरुको पुँजी बढाउने गरी आयो भने त्यसले बजारमा सकरात्मक प्रभाव पर्छ । मेरो अनुमानमा यो आर्थिक वर्षमै नेप्सेले २ हजार अंक छुनसक्छ ।


९० प्रतिशत लगनीकर्ताहरू अध्ययन नै नगरी बजारमा प्रवेश गरेका हुन्छन् र नोक्सान व्यहोरेपछि भन्छन्, फलानाले गर्दा डुब्यो ।

मुलुकको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कमले बढेको अवस्थामा सेयर बजार भने लगातारजस्तो बढिरहेको छ । यो त अाश्चर्यजनक भएन र ?

देशको कुल ग्रार्हस्थ उत्पादनमा १ प्रतिशतभन्दा कमको वृद्धिदर हुने सरकारी तथ्यांक छ । यो त समग्र अर्थतन्त्रभित्रको एउटा सूचक मात्रै हो । अरु सूचकहरुका कारण सेयर बजार बबढेको हो । व्याजदर, तरलता, प्रविधि, भुक्तानी सन्तुलन, सरकारी नीति लगायत सबै अरु सूचकहरु सेयर बजारका लागि सकारात्मक छन् । मेरो एउटा हात चलेन भने के म काम नलाग्ने भएँ ? जीडीपीले सेयर बजारलाई १०० प्रतिशत प्रभावित पार्ने होइन र यसले अल्पकालमा प्रभाव पार्ने पनि होइन । हरेक दिन जीडीपीका अंक र सेयरको अंक जोड्न मिल्छ र ?


राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाई गर्ला भन्ने मलाई लाग्दैन । अहिलेका गभर्नरको रुची बजारलाई नकरात्मक बनाउने देखिँदैन ।

शेयर बजार माथि उक्लिनुको पहिलो कारण सिजन नै हो । किनभने बैशाखपछि कम्पनीहरुको लाभांस लिने उद्देश्यले लगानीकर्ताहरुले लगानी बढाउँछन् । अर्को कुरा व्याजदर कम छ । अझैपनि बैंकहरुले व्याजदर घटाइरहेका छन् । बैंकहरुले घरजग्गामा भन्दा सेयरको लगानी सुरक्षित देखेका छन् । धितोको ५० प्रतिशत लगानी गरे पनि भैहाल्यो । यहाँ सेयर धितो राखेर मात्रै होइन सेयर किन्नलाई पनि बैंकहरुले ऋण दिएका छन् ।

बजारमा तरलता छ । पानी अग्लोबाट होचोतिर बग्छ भने पैसा कम नाफा हुने ठाउँबाट बढी फाइदा हुने ठाउँतिर बग्छ । लगानीकर्ताहरुले अहिले अन्य विकल्पहरु छाडेर सेयर बजारतिर लगानी बढाइरहेका छन् । राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयलगायतका नीतिहरु जे छन् ती सबै सेयर बजारका लागि अनुकुल छन् ।

सेयरको अभौतिकीकरणले छिटोछिटो कारोबार हुन थालेको छ, जसले लगानीकर्तालाई उत्साहित बनाएको छ । बजार दिनदिनै बढेपछि आमसञ्चारका मध्यमहरुमा सेयर बढेको मात्रै समाचारहरु आइरहेका छन् । जसले धेरै लगानीकर्तालाई आकषिर्त गरेको छ । अहिले दैनिक २ अर्ब रुपैयाँको पनि कारोबार भएको छ ।

यसरी सेयर उछालिँदा धेरै साना लगानीकर्ताहरु त डुब्छन् नि होइन र ?

सेयर बजार भनेको जोखिम लिएर गरिने लगानी हो । बजारमा प्रवेश गरिसकेपछि सानो र ठूलो भन्ने हुँदैन । जसले जोखिम लिन्छ, उसैले बढी प्रतिफल पनि हात पार्नसक्छ । फरक यत्ति हो सेयर बजारमा छिर्ने कतिपय मान्छेहरु बजारको वास्तविकता नबुझी छिर्छन् । त्यो उनीहरुको अनभिज्ञताको जोखिम हो । अलिकति प्रोफेसनलहरुले बजारलाई बुझेर छिर्छन् । र, भोली नोक्सान भएको अवस्थामा कसरी क्षतिपूर्ति असूल गर्ने भन्ने उपायसहित उनीहरु बजारमा प्रवेश गरेका हुन्छन् । तर, बाँकी ९० प्रतिशत त्यस्तो उपाय नलिइकन बजारमा प्रवेश गरेका हुन्छन् र नोक्सान व्यहोरेपछि भन्छन्, फलानाले गर्दा डुब्यो ।

नेप्सेको अंक धेरै भएको भनेर धितोपत्र बोर्डले सर्वसाधारणलाई सचेत रहेर मात्रै लगानी गर्न पटक-पटक आहृवान गरिसकेको छ । अर्थमन्त्रालय पनि सेयरको अंक बढी भएकोप्रति चासो देखाइसकेको छ । राष्ट्र बैंकले दुर्इहप्ताभित्र जारी गर्ने माैद्रिक नीतिमार्फत सेयर बजारलार्इ नियन्त्रण गर्नुपर्ने तर्कहरू पनि अाउन थालेका छन् । माैद्रिक नीतिले कसरी नियन्त्रण गर्ला ?

मलाई लाग्छ, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई असर पार्ने कुराहरु नल्याउला । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा कडाई गर्ला भन्ने मलाई लाग्दैन । अहिलेका गभर्नरको रुची बजारलाई नकरात्मक बनाउने देखिँदैन । बजारलाई स्वतन्त्र छाडिदिने गभर्नरको नीति हो ।

अर्को कुरा, नेप्सेमा जलविद्युत लगानी तथा विकास कम्पनीको ठूलो परिणामको सेयर सूचीकृत हुँदैछ । पक्कै पनि त्यसले नेप्से परिसुचकमा सकारात्मक प्रभाव पार्नेछ । बजार पुँजीकरण बढेपछि नेप्से इन्डेक्स पनि बढ्ने हो । अहिले थारैले बजार पुँजीकरण हुँदा पनि नेप्सेमा ३०/४० अंकको वृद्धि हुन्छ । तर, अब पुँजीकरण बढेकाले यो अंकको वृद्धिलाई सामान्य लिनुपर्छ । अब हामीले सेयर कति अंकले बढ्यो भनेर हिसाब गर्नुभन्दा पनि कति प्रतिशतले बढ्यो भनेर हिसाब गर्नुपर्छ ।

आगामी आर्थिक वर्षमा यो आर्थिक वर्षको जस्तो सेयर बजार बढ्दैन । किनभने अब कम्पनीहरुले दिने लाभांसको आकार साँघुरिँदै जान्छ । धेरै कम्पनीहरुले बोनस सेयर र राइट सेयरमार्फत चुक्ता पुँजी बढाइसकेका छन् । आगामी आर्थिक वर्षमा अधिकांस कम्पनीले यो वर्षको जति लाभांस दिन सक्दैनन् ।

तपाईले हालै सेयरबाट करोडपति भन्ने किताब पनि लेख्नुभयो । कस्तो प्रतिक्रिया आइरहेको छ ?

किताव सार्वजानिक भएको ६ दिनमै पाँच हजारप्रति बिक्री भयो । हाामीले बीचमा झन्डै दुई हप्ता त किताब नभएर बेच्नै सकेनौं । फेरि छापेर बजारमा पठाइसकिएको छ । त्यसको बिक्री पनि पहिलेकै गतिमा छ । दोस्रो संस्करण आएको ३ दनमात्रै भएको छ । ३ हजार जति बिक्यो भन्ने रिपोर्ट छ । बाहिरतिरको माग पनि उस्तै छ । अझै पनि प्रकाशकले किताब सबै जिल्लामा पुर्‍याउन सकेका छैनन् । किताबप्रति सर्वसाधारणको अाकर्षण देखेर ठुलो हाैसला मिलेको छ ।

किन यति धेरै लोकप्रिय भयो त किताब ?

यो किताबको विषेशता भनेको अति प्राविधिक कुरालाई पनि सरल भाषमा लेखिएको छ । सेयरको शब्द नै नबुझ्नेले पनि पढेर बुझ्न सक्छन् । सेयर बजारबारे सर्वसाधारणले नबुझेको देख्दा त्यस्ता मान्छेहरुलाई बुझाउने गरी किताब लेख्ने मेरो सोच थियो । यो कुनै करोडपतिको कथा नभई करोडपति बन्न बाटो देखाउने किताब हो ।

उपन्यास चैं कहिले अाउँछ त ?

अाउँछ । तर, मिति चैं यही नै भनेर अहिले भनि नहाालाैं । उपन्यास पनि लेख्छु भन्ने सोच हाे । मेरो उपन्यास पूर्णरूपमा पैसामा केन्द्रित हुनेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget