Websoft University

www.radiomakalu.com || 021-522512


सबै डाक्टरमाथि सर्वसाधारणको शंका, जँचाउनै दोधार


नक्कलीको बिगबिगीले सक्कलीलाई अप्ठ्यारो

काठमाडौ । छातीकोे समस्याले ग्रसित नयाँ बानेश्वरका जनक हुमागाई यसपटक बडो समस्यामा परे । खोकी लाग्ने र छाती दुख्ने समस्याले पीडित उनी डाक्टरलाई जाँच गराउन भनेरै शुक्रबार बिहान सिभिल अस्पतालको गेटसम्म त पुगे । तर, कुन डाक्टर सक्कली हो, कुन नक्कली, उनलाई बडो दोधार भयो ।

उनी भन्छन्, ‘विश्वास गरेका ठूल्ठूला डाक्टर नै नक्कली परेका बेला कुन सक्कली, कुन नक्कली, छुट्याउनै पो गार्‍हो हुने भो ।’

उनलाई जस्तै यो द्विविधा हिजो आज अन्य बिरामीहरुमा पनि देखिन थालेको छ । झन् प्रधानमन्त्री केपी शर्मा ओलीको दाँतको डाक्टर नै नक्कली भन्ने चर्चा चलेपछि त काठमाडौंमा एक किसिमको तनावै सिर्जना भएको स्थिति छ ।

‘प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बस्ने तथा देशकै नेताका डाक्टर त नक्कली पर्दा रहेछन् । हाम्रो के कुरा,’ काठमाडौ चावहिल निवासी आनन्द श्रेष्ठले अहिलेका डाक्टरहरुप्रति शंका व्यक्त गर्दै भने, ‘अब त सबै डाक्टरको
-क्वाक) अपरेशन नगरेसम्म जँचाउन जान पनि ठीक होलाजस्तो छैन ।’ जचाउनै परे पनि एउटा डाक्टरको मात्र भर पर्दा नक्कली डाक्टरको फन्दामा परिने उनलाई भय छ ।

श्रेष्ठ भन्छन्, ‘एउटा डाक्टर ठीक भनेर बसौंला । भोलि फ्याट्ट उसकै अनुहार पत्रिकामा आउँला । त्यस्तोमा ज्यानकै बाजी थाप्न त सकिँदैन नि ।’


यति धेरै विश्वास लाग्दैन । तर, नलागे पनि के गर्नु ? डाक्टर जे जस्तो भए पनि उपचार गराउनैपर्‍यो । अब सक्कली हो कि नक्कली भनेर सोध्ने कुरा आएन । प्रमाणपत्र देखाउ भन्न मिलेन

आनन्दलाई जस्तै नक्कली प्रमाणपत्रधारी चिकित्सकको समाचारले काठमाण्डौका बासुदेव भट्टराईलाई पनि चिन्तित बनाएको छ । छोरा सानै भएकाले उनलाई उपचारका लागि डाक्टरकहाँ गइरहनु पर्ने बाध्यता त थियो नै । आफ्नो असाध्यै मिल्ने साथी नै नक्कली प्रमाणपत्रधारी चिकित्सक भएको थाहा पाएपछि त झन् उनलाई सबैमाथि शंका लाग्न थालेको छ ।

‘त्यस्तो पढ्ने, त्यति मेहेनती डाक्टर त नक्कली परेछन् । अरु के सक्कली होलान् ?’ उनले भने । क्वाक अपरेशनपश्चात आफ्ना ६ जना डाक्टर साथीमध्ये तीनजनामा अझै शंका लागेको उनले बताए । ‘विदेशमा पढेका त नक्कली हुँदा रहेछन् । वीरगञ्जबाटै पढेर आएका त के सक्कली होलान् ?’ उनले भने ।

अहिले आफुले छोराको जाँच गराइराखेको डाक्टर हेर्दा बुढो भएको र परिवारका अन्य सदस्यले पनि पहिलेदेखि उनैबाट उपचार गराउँदै आएकाले त्यही विश्वासका आधारमा डाक्टर परिवर्तन गरेको बताए ।

उनले अनलाइनखबरसित भने, ‘नक्कली डाक्टरको सामाचार नआउँदासम्म त डाक्टर भनेका भगवानै हुन्जस्तो लाग्थ्यो । तर, अब त्यति धेरै विश्वास लाग्दैन । तर, नलागे पनि के गर्नु ? डाक्टर जे जस्तो भए पनि उपचार गराउनैपर्‍यो । अब सक्कली हो कि नक्कली भनेर सोध्ने कुरा आएन । प्रमाणपत्र देखाउ भन्न मिलेन ।’हिजोआज विभिन्न पत्रपत्रिका नक्कली प्रमाणपत्रधारी डाक्टरका समाचार बाहिर आएसँगै मानिसहरुमा चिकित्सकलाई लिएर विभिन्न शंका उपशंका उत्पन्न भएको छ ।

केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले करिब ६ महिनाको अन्तरालका क्वाक अपरेशनमार्फत काठमाडौ, चितवनलगायत देशका विभिन्न ठाउँबाट ५० भन्दा बढी नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ गरिसकेको छ । सीबीआईले यो अपरेशन नेपाल मेडिकल काउन्सिल, उच्च माध्यामिक शिक्षा परिषदको समन्वयमा सुरु गरेको हो ।- अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget