Websoft University

www.radiomakalu.com || 021-522512


मोरङमा लागुऔषध प्रयोगकर्ताको अवस्था विकराल



विराटनगर , असार १४ गते  । मोरङमा लागुऔषध दुव्र्यसनको अवस्था विकराल रुपमा देखिएको छ ।

सीमावर्ती जोगवनी बजारबाट अवैध ढङ्गले लागुऔषध भित्रिने गरिएकाले यसको प्रयोगकर्ताको सङ्ख्या बढिरहेको छ । सीमावर्ती भारतीय बजारमा पुगेर कतिपय युवा लागुऔषध प्रयोग गर्ने र बोकेर आउने गर्छन् । यस कार्यमा संलग्नलाई नियन्त्रण गर्नका जिल्ला प्रहरी कार्यालय मोरङले पहिलो प्राथमिकतामा राखेको छ ।

जिल्लाको भारतसँग ६३ किमी खुल्ला सिमाना पर्छ । खुल्ला सिमानाको फाइदा उठाएर लागुऔषध प्रयोगकर्ता यस्ता अवैध काममा संलग्न छन् । खासगरी भारतको जोगबनी बजारबाट अधिकांश मात्रामा लागुऔषध भित्रिने गरिएको हो ।

विराटनगरका रानी क्षेत्र, बसपार्क लगायत ठाउँमा लागुऔषध नियन्त्रण ब्युरो सक्रिय भएर जुटेको देखिन्छ । प्रायः प्रत्येक दिन लागुऔषधसहित युवा पक्राउमा पर्ने गरेको प्रहरीको तथ्याङ्कबाट प्रस्ट हुन्छ ।

प्रहरी उपरीक्षक सन्दीप भण्डारीले लागुऔषध नियन्त्रण कार्यलाई गत फागुनदेखि पहिलो प्राथमिकतामा राखिएको जानकारी गराए । फागुनदेखि यही असार १० गतेसम्ममा ७६ मुद्दा दर्ता भई १०३ जनालाई कारबाही गरिएको उनले बताए।

चालु आवमा जिल्ला प्रहरी कार्यालयले ११९ मुद्दा दर्ता गरी १६४ जनालाई कारबाही गरेको छ । सो अवधिमा करिब १२ हजार लागुऔषधका चक्की र लागुऔषधका रुपमा प्रयोग गर्ने गरिएका करिब ८०० औषधिको सिसी बरामद गरिएको छ ।
चालु आवमा पक्राउमा परेकामध्येबाटसादा तारेखमा एक, धरौटीमा ४२, पुर्पक्षमा ७८, बालसुधार गृहमा एक र अनुसन्धानमा ३८ जना छन् ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget