Websoft University

www.radiomakalu.com || 021-522512


अख्तियारपछि कनकमणिमाथि राजस्व विभागको निगरानी, पत्र लेखेर माग्यो विदेशी बैंकमा रहेको डलरको विवरण

काठमाडौंमा, असार १४ गते। अकुत सम्पत्ति आर्जनमा अख्तियारको छानविनमा परेका मिडिया उद्यमी तथा एनजिओकर्मी कनकमणी दिक्षितमाथि राजस्व अनुसन्धान विभागले पनि छानविन शुरु गरेको छ । विभागले कनकमणि दिक्षितका नाममा पत्र लेखेर विदेशी बैंकमा रहेको पैसा र लगानीबारे जानकारी माग गरेको छअसार १४ गते ।
kanak mani dixit (18)

उच्च स्रोतले रातोपाटीलाई दिएको जानकारी अनुसार सोमबार विभागले पत्र दिक्षितको घरमा पुर्याएको थियो । तर दिक्षित नेपाल बाहिर रहेकाले उनको पत्र छोरा इलम दिक्षितले बुझेका छन् । विभागले कनकलाई सात दिनभीत्र विदेशी बैंकमा रकम र लगानीबारे जवाफ दिन भनेको छ । विभागले दिक्षितले विदेशी मुद्रा अपचलन गरेको आरोप लगाउँदै यसबारे जवाफ माग गरेको छ ।

सम्पत्ति विवादमा तानिएपछि दिक्षित हाल लण्डनमा छन् ।

अख्तियारको अनुसन्धानले कनकको विदेशमा रहेको ब्यालेन्स र लगानी यस्तो छ :

स्वेदशमा भन्दा विदेशी बैंकहरुमा धेरैवटा खाता खोलेका दिक्षितको नाममा रहेको अमेरिकाको चेस बैंकका दुईओटा खातामा १७ हजार दुई सय अमेरिकी डलर रहेको पाइएको छ ।

त्यस्तै बेलायतको एच.एस.बी. सी. बैंकमा कनकमणी र शान्ता दिक्षीतको नाममा रहेका दुईओटा खातामा २७ हजार ६ सय ३८ पाण्ड स्ट्रलिङ मौज्दात रहेको देखिएको छ ।

श्रीमती शान्ताको नाममा रहेको बेलायतको एच.एस. बि.सी बैंकमा करिब २९ हजार अमेरिकी डलर र उनकै नाममा रहेको अमेरिकीको एपल बैंकमा चार हजार १२६ पाउण्ड स्ट्रलिङ मौज्दात रहेको खुलेको छ ।

उनका बाबु कमलमणी दिक्षित, अन्जु दिक्षित र कनकमणी दिक्षितको नाममा रहेको लण्डनको एच.एस. बि.सी बैंको संयुक्त खाताबाट दिल्लीमा रहेको म्याट्रिक्स टिभी प्रा.ली.को नाममा पचास हजार अमेरिकी डलर पठाएको भेटिएको छ ।
यसरी लण्डनबाट दिल्लीमा पैसा पठाएको कुरा दिक्षितले राष्ट्रबैंकलाई जानकारी नगराएको अख्तियारले जनाएको छ ।

त्यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकमा दिक्षितको नाममा ३६ हजार कित्ता शेयर लगानी रहेको पाइएको छ ।

बेलायतको एच.एस. बि.सी बैंकमा दिक्षित र उनको श्रीमतीको संयुक्त नाममा एक लाख बिस हजार कित्ता साधारण शेयर रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आधा दर्जनभन्दा बढी विदेशी संघ–संस्थाबाट विभीन्न मितीमा ११ करोड बाह्र लाखभन्दा बढी रकम दिक्षित अध्यक्ष रहेको साउथ एशिया ट्रस्ट नामक संस्थालाई प्राप्त भएको देखिएको छ ।



अकुत सम्पती आर्जन गरेको आरोपमा अख्तियारले दिक्षितमाथि गत वैशाखदेखि अनुसन्धान जारी राखेको छ । रातोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget