Websoft University

www.radiomakalu.com || 021-522512


दक्षिणकाली -छैमले -सिस्नेरी -कुलेखानी सडक मर्मत सम्बन्धि




दक्षिणकाली छैमले सिस्नेरी कुलेखानी अन्तर्गतको २६ किलोमिटर सडक खण्डको स्तरोन्नती हुने भएको छ । आगामी जेष्ठ १ गतेदेखि १ महिना सम्मको लागी बिहान ११ वजे देखि साँझ ५ वजेसम्म उक्त सडक अवरुद्ध हुने छ। जसले गर्दा उक्त स्थान हुँदै संचालन हुने सवारी साधनले फर्फिङ्ग, फाखेलचौर, कुलेखानी सडकलाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न डिभिजन सडक कार्यालय काठमाण्डौले अनुरोध गरेको छ ।

उक्त कार्यलाई ध्यानमा राखी दक्षिणकालीबाट हेटौडा जाने सवारी साधनले विहान ९ वजे दक्षिणकालीबाट प्रस्थान गरिसक्नुपर्ने र साढे १० वजे सिस्नेरी पुगिसक्नुपर्ने छ । त्यस्तै हेटौडाबाट दक्षिणकाली आउने सवारी साधनले विहान ९ वजे कुलेखानीबाट प्रस्थान गरिसक्नुपर्ने र ११ वजे दक्षिणकाली आईसक्नुपर्नेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget