Websoft University

www.radiomakalu.com || 021-522512


भक्तपुरका नगरपालिकामा जनशक्ति अभाव


भक्तपुर, असार १३ गते    ।दरबन्दीअनुसार जनशक्ति नहुँदा भक्तपुर जिल्लाका चार नयाँ नगरपालिकामा कार्यसम्पादन प्रभावित भएको छ।नगरपालिका घोषणा भएको डेढ वर्ष बित्दा पनि कर्मचारीले पूर्णता नपाउँदा सूर्यविनायक, अनन्तलिंगेश्वर, चाँगुनारायण र नगरकोट नगरपालिकाले विकास निर्माणलगायतका सबै काम गर्न नसकेका हुन्।
चाँगुनारायण नगरपालिकामा २९ जना कर्मचारीको दरबन्दी सरकारले तोकिदिएको छ।चाँगुका कार्यकारी अधिकृत लोकनाथ भुसालले २९ जनाको दरबन्दी भए पनि चारवटा संयुक्त वडा केन्द्रमा आठजना र नगरपालिकाको केन्द्रमा सातजनामात्र कर्मचारीले काम गर्नुपरेको बताए।
वैशाखदेखि जिम्मेवारी सम्हालेका उनले शनिबार अन्नपूर्णसँग भने, 'साबिकका चारवटा गाउँ विकास समितिलाई चार संयुक्त वडा बनाई त्यहाँ दुईदुईजना कर्मचारी छन्।केन्द्रमा पनि निवेदनअनुसारका काम, नक्सा पास र मागअनुसारका अन्य काम पनि गर्न सकिरहेका छैनौं।पूर्वाधार विकासको कामका लागि जनशक्ति अभावमा कमजोर बनेका छौं।'
नगरपालिकाहरूमा प्रशासन, प्राविधिक, कानुन, नक्सा, योजना, फोहोरमैलालगायतका शाखा हुनुपर्ने र सोहीअनुसार काम हुनुपर्ने भए पनि भक्तपुरका यी चारवटै नगरपालिकामा यो काम हुन सकेको छैन।नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले पनि २९ जनाको दरबन्दी भए पनि नगरपालिका भवन भएको केन्द्रमा ११ र चार संयुक्त वडा केन्द्रमा आठजना कर्मचारीले काम चलाउनुपरेको बताए।
 उनले भने, 'गत नगरपरिषद्मै पदपूर्ति समिति गठन गर्नुपर्थ्यो।अध्यक्ष चयन हुन नसक्दा समिति बन्न सकेको छैन।समितिबिना कर्मचारी नियुक्त गर्ने कानुनी अधिकार हुँदैन।त्यसैले दैनिक कामबाहेकमा नगरपालिका अघि बढ्न खासै सकेको छैन।'
चाँगु र नगरकोटमा मात्र होइन, अनन्तलिंगेश्वर र सूर्यविनायकमा पनि कर्मचारी दरबन्दीअनुसार नियुक्त हुन नसक्दा पूर्णरूपमा काम हुन सकेको छैन।अनन्तलिंगेश्वर नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले पनि चारवटा गाविस रहेका ठाउँमा चारवटा वडा कार्यालय बनाएर संयुक्त रूपमा काम गरिरहेको जानकारी दिए।
उनले भने, 'दरबन्दी ३३ छ तर हाल २२ जना कर्मचारी छौं।पदपूर्ति समिति गठन भएको छ तर अध्यक्ष भए पनि मन्त्रालयबाट प्रतिनिधि नपठाउँदा समिति भएर पनि पदपूर्ति हुन सकेको छैन।' स्रोतका अनुसार स्थानीय दलीय संयन्त्रका आआफ्ना स्वार्थका कारण पदपूर्ति समिति गठन हुन सकिरहेको छैन।स्रोतले भन्यो, 'मेरी पत्नी, मेरी भान्जी, मेरो फलानो भन्नेहरू थुप्रै पटक नगरपालिका पुगेका छन्, मन्त्रालयबाट समेत नाम सिफारिस भएर नयाँ नगरपालिकामा पुगेका छन् तर अहिलेसम्म राष्ट्रलाई घात हुन्छ भनेर कर्मचारीले स्थान दिएका छैनन्।'
सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले पनि दैनिक कामकारबाहीमात्र सञ्चालन गरिरहेको बताए।उनले भने, 'पदपूर्ति समितिको अध्यक्ष चयनमा ढिला हुँदा भक्तपुरका नयाँ नगरपालिकामा कर्मचारी नियुक्ति जटिल विषय बनेको छ।कार्यकारी अधिकृतले नियुक्ति गर्न मिल्दैन र गरेर काम अघि बढाए सधैं झगडाको बीउ हुन्छ।सीधै राजनीतिक नियुक्ति गर्नु पनि अभिशाप हुने देखिन्छ।'
मन्त्रालयको नगरपालिका व्यवस्था शाखाका प्रमुख गुरु सुवेदीले स्वायत्त निकाय भएकाले नगरपालिकाका काममा मन्त्रालयले सहजीकरणमात्र गर्न मिल्ने बताए।उनले भने, 'दलीय दबाब र विवादका कारण नयाँ नगरपालिकामा पदपूर्तिको विषयले काम अड्किरहेको छ।मन्त्रालयले यसै साता चाँडै कर्मचारी नियुक्तिको वातावरण बनाएर काम गर्न पत्राचार गर्दैछ।'
नयाँ नगरपालिकाका चुनौतीसँग अवसर पनि
भक्तपुर: क्रियाशील पत्रकार मञ्च भक्तपुरले भक्तपुरका चार नयाँ नगरपालिकाका समस्या, चुनौती, अवसर र पत्रकारको भूमिका विषयक दुईदिने अन्तक्र्रियात्मक गोष्ठी आयोजना गरेको छ।
नगरकोट, चाँगुनारायण, सूर्यविनायक र अनन्तलिंगेश्वर नगरपालिकासँग गरेको अन्तक्र्रियामा सहभागीले शनिबार भने, 'नयाँ नगरपालिकाहरूलाई पूर्वाधार विकासका लागि पुराना ५८ नगरपालिकालाई भन्दा विशेष अवसर छ तर अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सक्नुपर्छ।'
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नयाँ नगरपालिकाहरूले लक्ष्य र योजना प्रस्ट पारेर काम अघि बढाउन नसकेको बताए।उनले जमिनको प्रयोगलाई बेलैमा सदुपयोग गर्न निर्देशन दिए।

स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले स्रोत परिचालन गर्न सके आन्तरिक आयमा नयाँ नगरपालिका बलियो हुन सक्ने बताए।मञ्चका अध्यक्ष रमेश गिरीले नगरपालिकाका हरेक काममा राजनीतिक हस्तक्षेप भएको गुनासा आएकाले कर्मचारीले अनावश्यक हस्तक्षेपमा परेर काम गर्न नहुने बताए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget