Websoft University

www.radiomakalu.com || 021-522512


१६.२० अङ्कले बढ्यो नप्से परिसूचक (१ः३० बजको अपडेट)


काठमाडौं , असार ८ गते  । बुधबार नेप्से परिसूचक १६ दशमलव २० अङ्कले बढेको छ । पहिलो १० मिनेटको कारोबारमा १ हजार ६ सय ५१ विन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछिको समयमा भने केही ओरालो लागेको थियो । १ घण्टा ३० मिनेटको व्यापारमा परिसूचक शून्य दशमलव ९९ प्रतिशतले बढेर १ हजार ६ सय ४५ दशमलव शून्य १ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय २५ कम्पनीको ३ हजार २२ व्यापारबाट रू. ८५ करोड ६५ लाख बराबरको रकम कारोबार भएको हो ।
जलविद्युत समूहको परिसूचक ३ दशमलव १८ प्रतिशत र वीमाको १ दशमलव २ प्रतिशतले बढेको छ । त्यसैगरी, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ९५ प्रतिशत, विकास बैङ्कको शून्य दशमलव ७९ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ७७ प्रतिशत, होटलको शून्य दशमलव २ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव १५ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने न्यून अङ्कले बढेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget