Websoft University

www.radiomakalu.com || 021-522512


एमाले स्थायी समितिमा बहस

काठमाडौँ, जेष्ठ २३ गते । दलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी समिति बैठक सुरु भएको छ ।




प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउन केन्द्रित छ । खासगरी प्रमुख सत्ता सझेदार नेकपा (माओवादी केन्द्र)ले सरकार परिवर्तनको विषय उठाइरहेको र उक्त विषयमा दलभित्रैबाट पनि मतमतान्तर देखिएकाले स्थायी समिति मार्फत टुङ्गो लगाउन प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

एमालेले सत्ता साझेदार केन्द्रसँग करिब एक महिनाअघि सरकार परिवर्तनका लागि भएको भनिएको ‘तीनबुँदे भद्र सहमति’लाई लिएर दुवै दलभित्र खटपट चलिरहेको छ । एमालेका जिम्मेवार नेताहरुले नै उक्त विषयलाई सतहमा ल्याएपछि पार्टीभित्र विवाद चुलिएको बताइन्छ ।

वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षधर नेताले सार्वजनिक रुपमै सरकार परिवर्तनबारे अभिव्यक्ति दिँदै आएका छन् भने अध्यक्ष ओली पक्षधर नेता भने त्यसको बचाउ गर्दै अहिलेको परिस्थितिमा यही सरकारलाई निरन्तरता दिनुपर्ने रटानमा छन् ।

केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका जिम्मेवार नेता पनि विगतको सहमतिअनुसार सरकार परिर्वतनको कसरतमा छन् । यद्यपि एमालेभित्रका एकथरि नेताले भने मुलुकको अहिलेको आवश्यकतालाई ध्यानमा राखी राष्ट्रिय सहमतिको दिशामा पार्टीलाई अघि बढाउनुपर्ने तर्क राख्दै आएका छन् ।

kantipur

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget