Websoft University

www.radiomakalu.com || 021-522512


पूर्व राजा ज्ञानेन्द्र ईनरुवामा

अनुज सापकोटाबाट ,

इनरुवा, जेष्ठ २० गते ।पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले  इनरुवामा रहेको भगवती मन्दिरमा पूजा अर्चना गरेका छन् । 



  उनलाई भगवती रोडमा दुईतिर उभिएका सर्ब साधरणको भारी भिडले भव्य स्वागत गरेका थिए । 


हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा आउ देश बचाउ भन्ने नारा पूर्वराजाको सवारीभर लागेको थियो । स्थानिय युवा दयाशंकर मण्डलले यो देशमा फेरी राजतन्त्र स्थापित भइ छाडने दावी गर्नुभयो ।


 पूर्वराजाको स्वागतमा सबैजसो पार्टीका कार्यकर्ताहरुको उल्लेखय उपस्थिति थियो । भिडको कारण उनलाई पुष्प गुच्छालिन समेत निकै मुस्कील परेको थियो । 

जुत्ता फुकालेर मन्दिर प्रवेशका पूर्व राजाले भगवती मन्दिरमा करिब १० मिनेट पूजाअर्चना गरेका थिए । अभिषेक लिएर उनी भगवती मन्दिरबाट शनि मन्दिर र काली मन्दिरमा पूजाअर्चना गरे ।मन्दिर परिसरमा जम्मा भएको भिडले दिएको पुष्पगुच्छा उनले मन्दिर परिसरबाटै लिएका थिए ।

 मन्दिरभन्दा एक सय मिटर परवाट हिड्दै आएका उनलाई जोगाउन सुरक्षा व्यवस्था कडा पारिएको थियो । मन्दिरहरुको दर्शन पछि करिब एक सय मिटर हिडेर पछि उनी गाडीमा चढेका थिए । 

यस्तो भिड कहिले नदेखेको एक स्थानिय बृद्धाले बताइन् । संचारकर्मीहरुले केही बोलीदिन गरेको आग्रह र केही प्रश्नको जवाफमा उनले दुवै हत्केला उचालेर धैर्य गर्ने इशारा मात्र गरे केही बोलेनन् । 

दुई साता देखी पूर्व राजा ज्ञानेन्द्र झापा स्थित आफ्नै निजी चिया बगान हिमालय टि स्टेटमा बसिरहेका छन् ।



  • सौजन्य कान्तिपुर समाचार 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget