भक्तपुर, जेष्ठ २४ गत्ते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली झुटो आश्वासन बाँडेको आरोप लगाउनु भएको छ । भक्तपुरमा सोमबार शहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको चौथो वार्षिक स्मृति सभामा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले झुटो नारा दिएर नागरिकलाई झुक्याउने काम गरिरहेका बताउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थानीय निर्वाचन सम्बन्धि कुनै चिन्ता नभएको आरोप पनि लगाउनुभयो । ‘ओली सरकारलाई संविधान कार्यान्वयनमा कुनै चिन्ता छैन, झुटा आश्वासन दिएर मात्रै हुदैन’ देउवाले भन्नुभयो ‘प्रधानमन्त्री ओली झुटो आश्वासन दिएर नथाक्ने र झुटा नारा दिएर नागरिकलाई झुक्याउने काम गरिरहेका छन् ।’
संविधान कार्यान्वयनको नेतृत्व अब कांग्रेसले लिने बताउँदै देउवाले भन्नुभयो–‘संविधान कार्यान्वयन सजिलो छैन, संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन हुनुपर्छ, संसदीय निर्वाचन र राष्ट्रिय सभाको निर्वाचन हुनुपर्छ, तब मात्र संविधान कार्यान्वयन हुन्छ ।’
सभापति देउवाले ठूलो दलको हैसियतले संविधान कार्यान्वयनको जिम्मेवारी नेपाली कांग्रेसको काधका आएको बताउँदै भन्नुभयो ‘संविधान कार्यान्वयनमा सरकारले चासो दिएन, अब संविधान कार्यान्वयनको नेतृत्व कांग्रेसले लिन्छ ।’
संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्रं निधीले सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम हाँस्यास्पद भएको टिप्पणी गर्दै बजेट आत्माघाती भएको बताउनुभयो । कांग्रेसका अर्का केन्द्रीय सदस्य डा. प्रकासशरण महतले भन्नुभयो–‘कुरा मात्रै गर्ने, काम नगर्ने, सपना बाँडेर बस्ने सरकार भएकाले अहिले देश विकास नभएको हो ।’

कार्यक्रममा ‘सहिद, प्रजातन्त्र र शिक्षा’ बारेमा वक्तृत्वकलाका उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । त्यस्तै भक्तपुरका जेहेन्दार विद्यार्थीलाई छात्रवृति पनि प्रदान गरिएको थियो ।
- उज्यालो अनलाइनबाट

Post a Comment