Websoft University

www.radiomakalu.com || 021-522512


बजेटको तथ्य चुहिएको भए अर्थमन्त्रीले राजीनामा देऊ’

 भक्तपुर, जेष्ठ १९ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बजेटको सूचना चुहिएको हो भने अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । 



रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै बिजुक्छेंले बजेट आउनुअगावै विभिन्न स्थानमा बजेटबारे जानकारी हुँदा विभिन्न क्षेत्रका ब्यक्तिहरुले लाभ लिएको भन्दै नैतिकताका आधारमा अर्थमन्त्री विष्णु पौडेलले राजीनामा दिनुपर्ने बताएका हुन् ।


‘बजेटको सूचना चुहिएको बारेमा कांग्रेसले संसद् अवरोध गर्नु जायज हो’, उनले भने, ‘यदि कांग्रेसले भने जस्तै हो भने नैतिकताको आधारमा अर्थ मन्त्रीले पद छाड्नुपर्छ ।’

उनले अहिलेको बजेट बिदेशी सहयोग र अनुदानमा निर्भर भएको पनि बताएका छन् ।

वर्तमान बजेट नेपाल र नेपालीको आत्मनिर्भरतामा भन्दा विदेशीको सहयोगमा आएकाले यसको कार्यान्वयनमा जटिलताका साथै परनिर्भरता पनि बढाउने उनको तर्क थियो ।

सरकार परिवर्तनका लागि भारतसहितका राजदूतहरुको चलखेल सुरु भएको भन्दै बिजुक्छेंले कांग्रेस, मधेसबादी र राप्रपा नेपाल लगायतका राजनीतिक दलहरुको समिकरणमा सरकार निर्माणको प्रयास जारी रहेको बताए ।

उनले भारत लगायत युरोपियनका देशसमेत नेपालमा नाम मात्रका बामपन्थीको सरकार परिवर्तनमा लागिरहँदा एमालेले यही सरकारमा कांग्रेस लगायत अन्य दललाई समेट्ने प्रयासमा लागेको समेत टिप्पणी गरे ।

स्थानीय निर्वाचन गरे संघीयता ओझेलमा परेर लाभ लिन नपाउने चिन्ताले भारतले तत्कालै निर्वाचन गर्न बाधकको भूमिका खेलेको उनले आरोप लगाए ।

उनले अहिलेको संसद्लाई सांसद्हरुको राय विचार लिएर छलफल गर्न नसक्ने र ठूला दलहरुको कुर्सी हान्ने थलोको संज्ञा दिँदै नेपालीमाझ विश्वास हराउँदै गएको बताए ।

भारतले गरेको प्रत्यक्ष हस्तक्षेपलाई लिएर पछिल्लो समयमा ‘चाइना कार्ड’ को बिषय उठान गरेता पनि चीन नेपालको असल छिमेकीको भूमिकामा देखिएकाले नेपालको अहितमा नजाने भन्दै चाइना कार्डको बिषय उठान गलत भएको उनको भनाइ छ ।

बिजुक्छेंले स्थानीय निवार्चन वर्तमान सरकारले तोकेको मितिमा सम्पन्न गर्न संसद्मा बिधेयक प्रस्ताब पारित गरेर अगाडि बढेमात्र सम्भब रहेको बताए । उनले यसो नभएसंघीय संरचनाका कारण पाँच वर्षसम्म पनि स्थानीय निर्वाचन हुन नसक्ने बताए । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget