Websoft University

www.radiomakalu.com || 021-522512


शिक्षा ऐन आठौं संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण


विद्यालय शिक्षामा नयाँ संरचना लागू


काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधेयक प्रमाणिकरण गरेकी हुन् ।


विधेयक प्रमाणिकरण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर सौजन्य: राष्ट्रपतिको कार्यालय

व्यवस्थापिका संसदले गत जेठ २२ गते सो विधेयक पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो ।

‘व्यवस्थापिका संसद बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको छ,’ राष्ट्रपति कार्यालयबाट बुधबार जारी बिज्ञप्तिमा लेखिएको छ ।

अब के हुन्छ ?

ऐन प्रमाणिकरण भएसँगै लामो समयदेखिका अस्थायी शिक्षकहरूले सुविधासहित बिदाइ (गोल्डेन ह्यान्डसेक) पाउनेछन् भने विद्यालय क्षेत्रको संरचनामा परिवर्तन भई कक्षा १२ बाट प्रवेशिका परीक्षा लागू हुनेछ ।

विद्यमान प्राथमिक, निमावि र माविको विद्यालय संरचनालाई परिवर्तन गरी कक्षा १ देखि ८ लाई आधारभूत र ८ देखि १२ लाई माध्यमिक शिक्षा तहमा रुपान्तरण गर्ने विधेयकमा उल्लेख छ।

यसैगरी कक्षा १० मा लिइने विद्यमान प्रवेशिका (एसएलसी) कक्षा १२ मा लिइने छ भने कम्पनिमा दर्ता गरेर विद्यालय खोल्न पाइने छैन ।

अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुनेछ । बोर्डले कक्षा १० र माध्यमिक तहको अन्त्यमा हुने परीक्षा सञ्चालन गर्नेछ । उच्च माध्यमिक शिक्षा परिषद खारेज हुनेछ भने हाल एसएलसी परीक्षा सञ्चालन गर्दै आएको परीक्षा नियन्त्रण कार्यालय पनि खारेज भई बोर्डमा गाभिनेछन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget