Websoft University

www.radiomakalu.com || 021-522512


टंकिसिनवारी गोल्ड कप हुदै




प्रेम देवान ,

विराटनगर, जेष्ठ २० गते । मोरङको टंकिसिनवारीमा आउँदो शनिबारदेखी टंकिसनवारी गोल्डकप २०७३ सुरु हुने भएको छ ।

समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जेठ २२ देखी २९ गतेसम्म गोल्डकप हुने जानकारी गराएको हो । बाँसवारी यूवा केन्द्रको आयोजनामा हुने प्रतियोगिता नकआउट खेलको आधरमा हुने समितिका अध्यक्ष सुवोध कोइरालाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । ‘टंकिसिनवारीको पहिचान हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगितामा ८ वटा टिमले सहभागी जनाउने भएको छ । अध्यक्ष कोईरालाका अनुसार प्रतियोगिताको बिजेताले ५१ हजार रुपैयाँको साथै ट्रफी प्रदान गरिने छ ।

त्यस्तै उपबिजेताले ३१ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको उद्घाटन खेल शसस्त्र प्रहरी बल पूर्वाञ्चल र टि। डिब्लु। वाई। सि मोरङ बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा पूर्व क्षेत्रिय प्रहरी कार्यालय रानी विराटनगर, एलेभेन एरोज क्लब दुहबी, इन्द्र बराहा फुटबल क्लब धरान, बसाहा युथ क्लब उदयपुर, बेलबारी फुटबल क्लब र टंकिसिनवारी–११ रहेका छन् । टंकिसिनवारी गाविस प्रायोजक तथा मोरङ् फुटबल संघको प्राविधिक सहयोगमा भएको खेलमा २० हजार दर्शकले हेर्ने आयोजकले अनुमान गरेको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget