Websoft University

www.radiomakalu.com || 021-522512


एपेन्डिसाइटिस अर्थात् ज्यान जोगाउन २४ घन्टे अल्टिमेटम

-गीता कठायत

काठमाडौं– अचानक बेस्सरी पेट दुख्यो, वाकवाकी लाग्न थाल्यो वा नाइटोको वरीपरि दुख्यो भने एकछिनमा ठीक हुन्छ भनेर घरमै नबस्नुहोस् । वीर अस्पतालका कन्सल्टेन्ट ग्याँष्ट्रोलोजिष्ट डा. भुपेन्द्र बस्नेत भन्छन्, ‘यो एपिन्डसाइटिसको लक्षण पनि हुन सक्छ । यदि एपिन्डसाइटिस नै भएको हो भने २४ घन्टाभित्र अप्रेशन नै गर्नुपर्छ ।’
पेट दुःखेर अस्पताल पुग्दा एपेन्डिसाइटिसको अप्रशेन नै गुर्नपरेको भन्ने निकै सुनिएको कुरा हो । एपेन्डिसाइटिस एउटा इमर्जेन्सी अवस्था भएकाले पेट दुखेको २४ घण्टा भित्रै अप्रशन गरेर एपेन्डिक्स भन्ने अंगलाई पेटबाट काटेर फाल्नुपर्छ ।

यस्तो समस्या लिएर वीर अस्पतालको आकष्मिक कक्षमा हरेक दिन ३ जना आइपुग्ने गरेका छन् । पेट सम्बन्धी समस्या र शल्यक्रिया गर्नुपर्ने अधिकांश बिरामी एपेन्डिसाइटिसबाट पिडीत हुने गरेको अस्पतालका डा. भुपेन्द्र बस्नेत बताउँछन् ।

हाम्रो शरीरमा विकास भएको तर काम नलाग्ने अङ्गका रुपमा रहेको एपेन्डिक्स ५ देखि ७ सेमि जति लामो ट्युव आकारमा दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठुलो आन्द्रा जोडिएको भागको पछाडिपट्टी रहेको हुन्छ ।

एपेन्डिसाइटिस हुनुको प्रमुख कारण एपेन्डिक्सको नलीमा कुनै संक्रमण, पेटमा रहेका परिजीबी हो । फाइबर नभएको खाना खाँदा, लामो समयसम्म कब्जियत भएपनि यो समस्यालाई आउने उनले बताए । यसरी लगातार एपेन्डिक्समा लामो समयसम्म रुकावट आउनाले यो सुन्निएर संक्रमण भई फुट्ने अवस्थामा आउँछ । यदी यो फुट्यो भने पेट र रगतमा संक्रमण फैलाउने संभावना हुन्छ ।
यो रोग नभइ इमर्जेन्सी अवस्था भएको उनी बताउँछन् । ट्युवमा कुनै संक्रमण भए पश्चात अचानक ग्याँष्टिीकका लक्षणहरु जस्तै महशुश हुने, वाकवाकी लाग्ने, नाइटोको वरीपरि दुख्न, हल्का ज्वरो आउने, वान्ता हुने, जस्ता लक्षणहरु शुरुमा देखा पर्छन् । विस्तारै लक्षण बढ्दै गएपछि बेस्सरी पेट दुख्ने तथा पेटको तल्लो दायाँ भागमा दुख्ने क्रम बढदै जाने डा. बस्नेतले बताए ।
यस्तो भएमा कसैलाई झाडापखाला तथा छिटो–छिटो पिसाब लाग्ने हुन्छ । यी लक्षणहरु अप्रेशन गर्नुभन्दा ७ देखि ८ घण्टा अगाडि देखा पर्छन् । यसको मुख्य लक्षण भनेको नै बेस्सरी पेट दुख्नु भएकाले के कारणले पेट दुखेको हो भन्ने पत्ता लगाउन विभिन्न परिक्षणहरु जस्तै रक्त परिक्षण, युरिन टेष्ट तथा अल्ट्रासाउण्डद्वारा एपेन्डिक्स सुन्निएको मात्र हो या फुटिनै सकेको छ भन्ने पत्ता लगाउनुपर्ने उनले बताए । यी रिपोर्टका आधारमा डाक्टरहरुले अवस्था हेरेर उपचार शुरु गर्छन् ।
जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यस्तो हुन सक्ने उनले बताए । भने, ‘त्यसमा पनि बृद्धबृद्धा तथा बालबालिकामा यसको समस्या देखियो भने उपचार जटिल हुन्छ । ’

यसबाट बच्ने त्यस्तो खाश तरिका छैन । तर, स्वस्थ जीवनशैली, नियमित स्वास्थ्य जाँच तथा खानेकुरामा विशेष ध्यान दिन आवश्य रहेको उनले बताए । ‘अचानक विना कुनै कारण एक्कासी पेट दुख्न थालेमा जति सक्दो चाँडो नजिकको स्वास्थ्य संस्थामा पुग्नुपर्छ,’ उनले भने । - स्वास्थ्यखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget