काठमाडौं , असार ७ गते । काठमाडौंको बालाजुबाट पूर्व सैनिक हबल्दार एक थान पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोर्खाका ३० वर्षीय रणबहादुर ढकाल छन् ।
उनलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले मंगलबार बिहान बालाजुको नयाँपुलबाट पक्राउ गरेको सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
उनको साथबाट ७ दशमलव ६५ को पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसमेत बरामद भएको डिएसपी राठौरले बताए । - अनलाइनखबरबाट
Post a Comment