अनुज सापकोटा
कुरा केहिदिन अघिको हो । विराटनगर, बरगाछी अच्युत मिल भित्र रहेको निर्मल कार्कीको घरको गाईगोठमा भिषण आगलागी भयो । आगलागीको घटना त सामान्य भइनैसक्यो, यो आप्mनो ठाँउमा छ तर असामान्य कुरा के भने गुहालीमा रहेका ८ माऊगाई र बाछाबाछी जलेर सोत्तर भए । आगलागी राती भएको थियो । कार्की बस्ने मुल घरबाट त्यो गोठ मुस्कीलले बीस मिटरको दूरीमा थियो । कार्कीका आफन्तले आगलागी विद्युत सर्टसर्किट भएर भएको भनेपनि वरपरका केहिलेभने आगलागी त्यहाँ बालिएको घुरबाट भएको बताएकाछन् । घुरबाट गोठभरि छरिएको परालमा आगो सल्की गोठका पुरै भाग डढेको र गाइहरु मरेको तर्फ धेरैको आशंका रहयो । आठ– आठवटा गाईको ज्यान जाने गरी भएको आगलागीको पत्तै त्यही गोठ छेऊको घरमा सुतेका प्राणीहरुले थाहनै पाएनन् । कस्तो कुम्भकरणीय निद्रा । कति क्रन्दन गरे होलान् ति गाईहरुले , कति बाँ–बाँ भनि गुहार मागेहोलान् । तर आप्mनै मात्र स्वार्थहेर्नेहरुलाई त आप्mनैमात्र निद्रा प्यारो थियो । भाडमा जाओस् अन्य कुरा । जे भएपनि निर्दोष गाईहरु मारिए । ती बोल्न नसक्ने लक्ष्मीमाताहरु कति छटपटिए होलान् । आगलागी भएको धेरै परसम्मपनि आगो लागेर गाईहरुको पेट पडकिएको आवाज सुनिएको थियो भन्छन् मानिसहरु । तर त्यहि भएकाहरुले सुँइको सम्म पाएनन् । कस्तो विडम्बना । सम्झदापनि आँशु झर्छ । महात्मा गान्धीले एकाबाजी भनेका थिए – कुनै देश कस्तो होला भनि बुभ्mनु छ भने त्यो देशको जनवारको स्थिति हेर्नु थाह भइहाल्छ । हाम्रो देशमा जनावरसंग सम्बन्धित कानुन् छ कि छैन, त्यो त मलाईपनि थाह छैन । तर जनावरको स्थिति विकराल छ । घरपालुवा जनावरहरुको उचित स्याहरसुसार र संरक्षणभन्दापनि जनावरहरुको सक्दो दोहनगरेर नाफा कमाउने कार्यमा मानिस लागिपरेकाछन् र राज्य सधैंझैं मौन छ । गाईगोठकै कुरा गरौं । अचाक्ली मुल्यमा दुध बेचेर छिट्टै धनीहुने सोचकासाथ गाई पाल्यो । वैज्ञानिक मापदण्डवीना पशुपालन ग¥यो अनि शोषण पशुको शोषण शुरु ग¥यो । अधिकतम् दुध बेच्ने लालचमा बछडा बछडीले पनि पेटभरि आमाको दुध चुस्न पाउँदैनन् । मैले कतिपय गोठहरुमा गाई पाल्नेले नै अधिकतम दुधकोलागि दवाई बेच्नेलाई सोधेको र सुनेकैभरमा अनापसनाप भिटामिन र हार्मोन्सका सुई दनादन ठोकेको देखेको छु । गोठ भनेर त शुद्ध दुध पाइने आसमा त हामी जतिपनि मुल्य हालेर किन्न तैयार छौं तर त्यहि गोठको दुध , हदभन्दा बेसी दवाई र इन्जेक्सन्ले गर्दा कति पिउन योग्य छ भनेर कहिले सोच्दैनौ । विराटनगरको व्यवसायिक गाईगोठमा आगो निभाउने यन्त्र देखिदैन । झिंगा करौडौ भन्किरहेको हुन्छ । दुधदिनेले पनि क्वाच्च दुधको बाल्टीमा हात डुबाएर दुध नापेर दिन्छ , भलै हातमा जस्तोसुकै फोहोर लागेको होस् । सरसफाई भगवान भरोसे छ । खुल्ला चौरमा चरण गर्नुपर्ने पशुलाई दिनरात बाँधेर राखिए पछि, उसको बछडा बछडीबाट टाढा पारेपछि त्योे मनोविज्ञान विग्रेको गाईबाट कस्तो दुधको अपेक्षा गर्न सकिन्छ, बुझेको छ कसैले । खाली छिमेकी हजुरआमा कचकच गर्नुहुन्छ, मेरो नातीले त गाईको दुध खाँदापनि जिउ लिन सकेन भनेर । प्राकृतिक दुध खाएपो जिउ लाग्ने हो नि, अप्राकृतिक दुध खाएपछि त त्यो पनि रक्सी झैं हो, लत लाग्ने तर ताकत नदिने । विराटनगरको बजार क्षेत्र महेन्द्रचोक आसपासमा ठूल्ठूला एक्सकाभेटरहरुले बाटो खनिदिए । बडेमानको हात्तीडब्बा खाल्डो बनाइदिए । काम त बाटो चौडा पार्ने हो । यो पनि ठिकै हो । तर एकातिरबाट खन्न शुरुगरी खन्दै बनाउँदै अघि बढदा काइदा हुने थियो । बडेमानको मेसिनले जताततै खाल्डो खन्यो अनि भएको अलिकति सडकमा माटोको पहाड बनाइदियो । बाटै जाम गरिदियो । बटुवालाई हिड्न अप्ठेरो पारिदियो । यस्तै यस्तै छ विराटनगरमा । जनताकै लागि गरिएको विकास निर्माण जनताकै दैनिक गतिविधि अप्ठेरोहुने हिसावले गरिन्छ । अझ चारैतिर धुवाँ, धुलो , हिलोले त बजार क्षेत्र पुरै कहालीलाग्दो भएको छ । सर्वसाधारणको मुल्य खासैनभएको देशमा विकासको नाममा जथाभावी अव्यवस्थितरुपमा बाटो खन्दा के विग्रिने हो र ? होइन । केहि दिन अघि एक होटलमा महात्मा गान्धी अध्ययन केन्द्रले आयोजना गरेको क्रस बोर्डर लिन्केज एण्ड रोल अफ मिडिया नामक सम्वाद कार्यक्रममा म पनि एक एफ.एमकोलागि रिर्पोटिङकालागि गएको थिए । कार्यक्रम दिउँसो २.३० बजे शुरुहुने र ४.३० मा समाप्त हुने भनि लेखिएको थियो । समयमा नै शुरुहुने अचम्मको कार्यक्रम भनि म पनि हस्याङ फस्याङगर्दै उक्त होटलतर्फ हान्निए तर कार्यक्रम स्थल त सुनसान थियो । होटलका कामदारबाहेक कोहि पनि देखिएनन् न त आयोजक नै देखापरे । भित्तोमा चै महात्मा गान्धीको फोटो अङ्कीत व्यानर टाँगिएको थियो । लाग्थ्यो गान्धीपनि इन्तु न चिन्तु भएर निम्तालु पर्खिरहेका थिए । विस्तारै हात्तीको चालमा फाट्टफुट्ट निम्तालु र अतिथीहरु आउन थाले । कार्यक्रम त घोषणा गरेको सकिने समय ४.३० मा पो शुरुभयो त । कस्तो रुग्ण हालत छ विराटनगरको अहिलेपनि । समयको हेक्का कसैलेपनि नराख्नेभए बा । कार्यक्रम शुरु भयो । अधिकांश वक्ताहरुले मुल विषयबाट हटेर तथानाम बोले र आप्mनो दायित्व पुरा गरे । मञ्चमा बसेका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राय, भारतिय दुतावासका डिसिएम विनय कुमारको अघि टाउको निहुराएर , विनय कुमारको प्रत्येक वाक्यमा मुस्कुराउँदै एकहोरो गफ सन्दैथिए । यो भारतिय प्रभाव हो कि भारतको डरहो त्यो चाँहि बुभ्mन सकिन । मेरो छेऊमा स्काई एफ. एम कि प्रतिनिधी निर्मला अधिकारी बसेकी थिइन् । हामी विश्लेषण गर्दै थियौं । डिसिएम विनय कुमारले हिन्दीमा भाषण गर्छन् कि अंग्रेजीमा किनभने सम्वादको विषयनै अंग्रेजीमा राखिएको थियो । अर्को यिनी कार्यक्रम अवधिभर बस्छन् कि बस्दैनन् । भाषणको पालोमा डिसिएमले हामी दुईले शंका गरेजस्तो हिन्दीमा भाषण गरे अनि उनी कार्यक्रम अवधिभर नबसी बीचैबाट उठी हिडें । विनय कुमारलाई त्यो कार्यक्रममा हावीहुनु थियो त्यहिभएर हिन्दीमा बोले अनि नेपालीलाई हेप्नु थियो त्यहिभएर बीचैमा उठेर हिडें । निर्मलाले पनि भनिन् यो त चिरपरिचित भारतीय प्रवृत्तिनै हो । एक राजनीतिक पार्टीबाट समर्थित पत्रिकाका सम्पादक, कार्यक्रमको फोटोघरी मञ्च नजिक त घरी मञ्च टाढाबाट खिचिरहेका थिए । कार्यक्रमपछि राखिएको भोजको कार्यक्रममा विभिन्न मिष्ठानहरुपनि मज्जैले पडकाए । तर त्यो कार्यक्रमको समाचार त भोलिको अङ्कमा उनको पत्रिकामा कतैपनि देखिएन । आयोजकको भोज खेर गयो । मरिमरि भोज ख्वायो, समाचार नआउने । तर मैले भोजको ऋण चुक्ता गरे । उक्त कार्यक्रमको समाचार मैले आप्mनो एफ.एमबाट फुकिरहे । प्राय बोलाएजतिका कार्यक्रममा जाने एमाले मोरङका अध्यक्ष महेश रेग्मीलाई पनि भोजपछिको चियामा भेटे । मैले रेग्मीसंग नेपालको राजनीतिक अवस्थाबारे जिज्ञासा राखे । रेग्मीले अहिलेको राजनीतिक अवस्था कहालीलाग्दो भएको बताए । कालोबजारी, महङी , भ्रष्टाचार व्याप्त भएको स्विकार गरे । मैले रेग्मीलाई फेरी छातीमा हात राखेर भन्नोस् त तपाईले भ्रष्टाचार गर्नु भएको छ कि छैनभनि उदेकलाग्दो प्रश्न तेस्र्याए । ऊनले छातीमा त हात राखेनन् तर आफूँ खुल्ला किताब भएको बताए । रेग्मीले आफूँ दुधले नुहाएजस्तो शतप्रतिशत चोखो भएको बखान गरे । कुन नेताको पहिले कस्तो अवस्था थियो र अहिलेको हालत कस्तो छ त्यो त पत्रकारहरुलेनै खोजी गर्नुपर्ने बताए । सबैको सम्पत्तीको निष्पक्ष र पारदर्शितापूर्वक जाँचहुनु पर्ने माँग गरे । आप्mनै पार्टीमा माथिदेखिनै अप्रजातान्त्रिक व्यक्तिहरुको हालिमुहाली रहेकोले सफाइ अभियानको थालनी गर्नुपर्ने बताए । अनिमात्र स्वच्छ र चोखो छवि भएका होनाहारहरुले मौका पाउने रेग्मीको तर्क थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पञ्चवर्षीय पुनर्निर्माणकोलागि भारीभरकम आठ खर्ब ३८ अर्बका वित्तिय आवश्यकता पर्ने आँकडासंसदमा प्रस्तुत गरे । अब पुनर्निमाणको लागि दाताहरुलाई पनि खुशी पार्नु नै प¥यो ।भोजको लागि लाखौं खर्चगर्ने प्रम ओलीले यसपटकचाहिं भोजको लागि कति करोड छुट्याउनु भएको छ, त्यो पनि उल्लेख गरिदिएको भए त झन् काइदा हुनेथियो । आखिर पुनर्निमाण अघि र पुनर्निमाणपछि र बीचैमा दाताहरु र आप्mना आसपासेहरुलाई खुशी पार्न भोज त दिनै प¥यो होइन प्रधानमन्त्री ज्यू । एमाओवादीका अध्यक्ष प्रचण्डलाई आजभोली निद्रा लाग्न छोडेको छ । कुनै बेला मर्नपनि तैयार छु भन्ने प्रचण्ड अहिले जेलेको यात्राहुने हो कि भनेर अत्तालिएकाछन् । उनी आजकल सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई नजरअन्दाज गरेर अदालती प्रक्रियाबाट माओवादीहरुलाई फसाउन लागेको आरोप लगाउँदै हिडेकाछन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट दव्न्दकालिन मुद्दाको छिनोफानो नभएर अदालतबाट हुनथालेपछि प्रचण्ड अत्तालिएकाछन् । क्रान्तिकारीहरुलाई त डरै हुँदैन भन्ने सुनेको थिए । सत्ताको विलासिताले प्रचण्डको निडरता खाइदियो कि क्या हो । धन्यवाद ।
- न्यु श्रीस्ती दैनिक बाट
Post a Comment