Websoft University

www.radiomakalu.com || 021-522512


दक्षिण कोरियामा दुई नेपाली युवाको मृत्यु

सोल, जेष्ठ १ गते रोजगारीका लागि दक्षिण कोरियामा रहेका दुई युवाको मृत्यु भएको छ। फिदिम ३ पाँचथरका जयकुमार राइको सुतेको अवस्थामा मृत्यु भएको छ भने बलिथुम गुल्मीका गोविन्द कंडेलले आत्महत्या गरेका हुन्।



गत वर्ष मात्रै कोरिया आएका राईको शुक्रबार सबेरै बिहान सुतेकै अवस्थामा मृत्यु भएको थियो। किम्फोस्थित एक सीएनसी कम्पनिमा कार्यरत राईसँगै अन्य दुइ जना नेपाली युवा उक्त कम्पनीमा कार्यरत छन्।



बिहिबार मध्यरातसम्म उनिसँग कुरा गरिसंगै सुतेको सोहि कम्पनिमा कार्यरत गोरखाका प्रकाश खनालले जानकारी दिए। २७ बर्षिय राई अविवाहित थिए।

यान्फ्यान स्थित फर्निचर कम्पनीमा कार्यरत बलिथुम गुल्मीका २९ बर्षिय गोबिन्द कंडेलले बिहिबार झुण्डीएर आत्महत्या गरेका हुन। तिन बर्ष कोरियामा बिताएका कंडेल एक पटक बिदामा नेपाल गएर फर्केका थिए।

उनले बिहिबार दिउसो सहकर्मी साथीहरुलाई आखामा समस्या भनि काम छोडेका थिए । कामबाट फर्केका सहकर्मीहरुले कम्पनीको स्टोर रुममा झुण्डिएको अवस्थामा उनको शव साँझ भेटेका थिए। कंडेलका श्रीमती र एक छोरा छन्।

बीएस्सी अध्ययन सकेका उनले नेपालमा शिक्षण पेशा पनि गरेका थिए।श्रम सहचारी देवराज ढकालले जयकुमार राईको मृत्युको प्रहरी रिपोर्ट प्राप्त जानकारी दिए। उनले भने,'मृतक गोबिन्द कंडेलको प्रहरी रिपोर्ट आए पश्चात शव नेपाल पठाउने प्रक्रिया सुरु गरिनेछ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget