विकल्प खोज्दै चियाकृषक
काठमाडौं , वैशाख २२ गते । इलाममा उत्पादित चियाको हरियो पत्तीले मूल्य नपाएपछि किसान समस्यामा परेका छन् । नगदेबालीका रूपमा लगाइएको चियाको पत्ती विक्री गर्दा लागतभन्दा कम मूल्य आउने अवस्था सृजना भएपछि किसान चियाको विकल्प खोज्न थालेका छन् । उनीहरू अहिले चियाको नयाँ बोट लगाउने र भएका बोटको संरक्षण गर्ने कामसमेत गर्न छाडेका हुन् । हजुरबुबाको पालादेखि चियाखेतीमा संलग्न सूर्योदय नगरपालिकाका चियाकृषक कृष्ण सुवेदीले चियाको काँचो पत्तीले मूल्य नपाउँदा आपूmजस्तै जिल्लाका सयौं किसान चिया खेतीबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको बताए । कतिपय चियाकृषक अहिले चियाको विकल्पका रूपमा अम्रिसो र अलैंची खेतीतर्पm आकर्षित भएको उनको भनाइ छ । कतिपय कृषक विभिन्न बालीको उत्पादनमा लागेका छन् ।
सुवेदीसँगै अन्य केही चियाकृषक भने चियाखेतीको संरक्षणमै लाग्ने कि विकल्प खोज्ने अन्योलमा परेका छन् । ‘चियाको हरियो पत्ती प्रतिकिलोको मूल्य न्यूनतम रू. ३० देखि अधिकतम रू. ६० सम्म हुनुपर्छ,’ उनले भने, ‘नत्रभने किसानले चियाखेतीको विकल्प नखोजी सुखै छैन ।’ ५/७ वर्षअघिसम्म प्रतिकेजी हरियो चिया ७५ रुपैयाँदेखि ८० रुपैयाँसम्ममा विक्री हुने गरेकोमा अहिले त्यसको एक तिहाइ मूल्य पाउन पनि गाह्रो भएको स्थानीय किसान मीनबहादुर अगुवाले बताए । जीवनस्तर उकास्न रोपिएको चियाबाट सामान्यभन्दा सामान्य जीवन धान्न पनि धौधौ भएको अर्का किसान श्याम घिमिरेले बताए । चियाले उचित मूल्य नपाएपछि गाउँका कतिपय युवा चिया मजदूर विदेश पलायन भएका छन् । युवा जनशक्ति वैदेशिक रोजगारीमा गएपछि इलामका अधिकांश स्थानमा चियाको हरियो पत्ती टिप्ने मजदूरको समेत अभाव भएको छ ।
इलाम आठ ‘अ’का लागि प्रसिद्ध जिल्ला हो । अर्थोडक्स चिया, अलैंची, अदुवा, अम्रिसो, ओलन (दूध), आलु र अकबरे खुर्सानीका लागि इलाम प्रख्यात छ । यसबाहेक ‘अतिथि सत्कार’का लागि पनि इलाम अग्रपङ्क्तिमा रहेको छ । इलाममा साना चिया किसानको सङ्ख्या ६ हजार ९ सय ८५ रहेको छ भने चियासम्बद्ध सहकारी संस्थाको सङ्ख्या ९७ छन् ।
केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले चियाखेतीबाट किसान लाभान्वित हुन नसकेपछि उनीहरू अहिले चिया प्रशोधनका लागि आप्mनै केन्द्र खोल्नेतिर लागेको जानकारी दिए । इलामको चिया भारतको दार्जिलिङको भन्दा गुणस्तरीय भए पनि विश्वबजारमा यसले प्रतिस्पर्धा गर्न नसकेको उनले बताए । उनका अनुसार चिया किसानलाई लगानीको पनि आवश्यकता रहेको छ । नेपाल राष्ट्र बैङ्कले कृषि कर्जामा ६ प्रतिशतमात्र ब्याज तिरे पुग्ने व्यवस्था गरे पनि हालसम्म एक जना चियाकृषकले पनि त्यो सुविधा नपाएको उनले गुनासो गरे ।
इलामका ८० प्रतिशत चिया उद्योग अर्ज्ञानिक
इलाममा ८० प्रतिशत चिया प्रशोधन उद्योग अग्र्यानिक रहेका छन् । त्यसैले सरकारले इलामलाई ‘अर्थोडक्स चिया अग्र्यानिक जोन’का रूपमा घोषणा गर्नुपर्ने चियाकृषकहरूको माग छ । इलाममा उत्पादित अर्थोडक्स चियालाई समयमै व्यवस्थापन गर्न सके विश्वबजारमा पहुँच बढ्न समय नलाग्ने उनीहरू बताउँछन् । अहिकै अवस्थामा पनि हिमालय साङ्ग्रिला टी प्रोड्युसर्स प्रालि, कञ्चनजङ्गा टी टेष्टलगायत उद्योगले अमेरिका, जर्मन तथा अन्य यूरोपेली बजारमा चिया निर्यात गर्ने गरेका छन् । तर, त्यसका लागि नेपालमा चिया प्रमाणीकरण गर्ने व्यवस्थासहित जैविक मल उत्पादनमा प्रोत्साहन, किसानलाई आधुनिक प्रविधि तथा रोग र कीराको प्रकोपबाट जोगाउने ज्ञान सरकारले दिनुपर्ने देखिन्छ ।

उद्यमीमा पनि कम छैन पीडा
नेपालमा उत्पादित चिया गुणस्तरीय हुँदाहुँदै पनि विश्वबजारमा भने स्थापित हुन सकेको छैन । केही निर्यातकर्ताले आप्mनै पहलमा विश्वबजारमा नेपालको चियालाई पु¥याए पनि बजारको प्रवद्र्धन भने हुन नसकेको चिया उद्यमीको भनाइ छ । सरकारले अर्थोडक्स चियालाई विश्वबजारमा परिचित गराउन पहल गर्नुपर्ने गोरखा टी इस्टेटका प्रबन्धक शिवी राईले बताए । विदेशी चियासँग प्रतिस्पर्धा गर्नु नेपाली चिया उद्यमीका लागि चुनौती बनेको छ । सरकारले बजार व्यवस्थापनको प्रत्याभूति गरिदिन सके इलामको गुणस्तरीय चिया विश्वबजारमा पुर्याउन गाह्रो नहुने उनले बताए । बजारीकरणको समस्याले गर्दा नेपालको चियाले उचित मूल्य पाउन नसकेको चिया उद्यमीहरूको भनाइ छ ।
नेपालबाट गत आर्थिक वर्ष २०७१/७२ मा रू. २ अर्ब ६८ लाख मूल्यबराबरको ११ हजार १ सय ४२ मेट्रिक टन चिया विदेश निर्यात भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार हाल नेपालमा २ करोड ३१ लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । उक्त चियामध्ये १ करोड ८२ लाख केजी सीटीसी चिया र बाँकी अर्थोडक्स भएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । इलाम जिल्लाबाट मात्र आव २०७१/७२ मा ४१ लाख ४६ हजार केजी चिया उत्पादन भएको थियो । हाल नेपालमा २६ हजार हेक्टरमा चिया चियाखेती हुने गरेको छ । चिया उद्योगमा भने ५७ हजार ५ सय श्रमिकले प्रत्यक्ष रोजगारी पाएका छन् । - मेनुका कार्की , अभियानबाट

Post a Comment