Websoft University

www.radiomakalu.com || 021-522512


वैदेशिक रोजगारको नाममा ठगिने क्रम बढे

 सुनसरी,  जेष्ठ ४ गते । सुनसरीमा पछिल्लो समय वैदेशिक रोजगारको नाममा सर्वसाधारण ठगिने क्रम बढेको पाइएको छ । वैदेशिक रोजगारमा जाने युवा बढ्दै गएपछि ठग र दलाल पनि बढ्दै गएकाले सर्वसाधारण ठगिने क्रम बढेका छन् ।


जिल्लामा एक वर्षको अवधिमा ३१० जनाले वैदैशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै विभिन्न निकायमा उजुरी गरेका छन् । वैदेशिक रोजगारमा जानेको विषयमा काम गर्ने र परामर्श तथा सल्लाह दिने सिएसडिसीको परामर्श केन्द्रमा समेत केही उजुरी परेको बताइएको छ । 

हाल सुनसरीमा अवैध मैनपावर कम्पनी र एजेन्डले वैदेशिक रोजगारमा पठाइ दिने भन्दै राहदानी नियन्त्रणमा लिने, विदेश पठाइदिने भन्दै राहदानी लिई भाग्ने, केहीलाई पठाए पनि एउटा काम भनी पठाउने र अर्कौ काममा लगाउने तथा तोकिएको भन्दा बढी शुल्क लिने गरेको अवस्था रहेको स्थानीय सिएसडिसीका परियोजनाका कर्मचारी भेषराज पाखरेलले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा २८ वटा मेनपावर कम्पनी र ३०५ जना एजेन्ड मात्रै सूचीकृत रहेको भए पनि दर्ता बिना सोभन्दा बढी कम्पनी र एजेन्ट सक्रिय रहेका छन् । अवैधरुपमा सञ्चालनमा रहेकाले ठगी बढी मात्रामा गरिरहेको पोखरेलको भनाइ रहेको छ ।
  • पुर्बेली नीउज बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget