Websoft University

www.radiomakalu.com || 021-522512


मिडियामा दलित

धरान,  जेष्ठ ७ गते । नेपालका सञ्चार मिडिया दलितमैत्री नभएको सञ्चारकर्मीहरुले आरोप लगाएका छन् । दलितलाई सञ्चारको पहुच पु¥याउने उद्देश्यले गठित आवाज मिडिया ग्रुपले धरानमा गरेको तीनदिने पत्रकारिता तालिमको उद्घाटनका अवसरमा सञ्चारकर्मीहरुले यस्तो आरोप लगाएका हुन् ।



दलित सञ्चारकर्मीहरुको मिडियामा पहुच नपुगैकै कारण विगतमा रेडियो, एफ.एम., टेलिभिजनमा हुने गरेका दलित सम्बन्धी कार्यक्रमहरु समेत बन्द हुन पुगेको गुनासो गर्दै मिडियामा उनिहरूकाे पहुच बढाउनकैलागि जागरण मिडियाले बिभिन्न तालिम दिदै आएको उनीहरुहले बताएका छन् ।

नेपालमा धेरै परिवर्तनहरु भए, २०४६ सालमा प्रजातन्त्र आयो, २०६२÷०६३ सालको जनआन्दोलनपश्चात नेपालमा लोकतन्त्र आयो, हरेक परिवर्तनमा दलित सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका भएपनि दलितलाई सञ्चारक्षेत्रमा पहुच पु¥याउने कार्य कसैबाट हुन नसकेपछि जागरण मिडिया ग्रुपले निरन्तर रुपमा तालिमको आयोजना गरेको जागरण मिडिया ग्रुपका वर्तमान अध्यक्ष विजय अछामीले बताउनुभयो ।

जागरण आवाज मिडिया ग्रुपले ४० जना सहभागीलाई तालिम दिदै छ । बिहीबारबाट तीनदिनसम्म चल्ने तालिममा २५ पुरुष र १५ महिला सहभागी रहेका छन् । सहभागीमध्ये ३० जना दलित समुदायको रहेको आयोजकले जानकारी दिएको छ । अञ्चल प्रहरी कार्यालयका प्रहरी प्रमुख एसएसपी पवन खतिवडाले उद्घाटन गर्नुभएको सो तालिमको आर्थिक सहयोग भने सभासद मिनकुमार विश्वकर्माले सांसद
कोषबाट सहयोग गर्नुभएको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget