Websoft University

www.radiomakalu.com || 021-522512


एक भएर अघि बढ्नुपर्छ”

काठमाडौँ, जेष्ठ ९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा निलम्बित पदाधिकारीले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले दिएको पुनर्बहाली निर्देशनको स्वागत गर्दै अब सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।





‘हृदयदेखि नै फिफाले दिएको निर्देशनको स्वागत गर्दछौं,’ एन्फाका निलम्बित उपाध्यक्ष कर्माछिरिङ शेर्पाले शुक्रबार आयोजित कार्यक्रममा भने, ‘अब विगतका कुरालाई थाँती राख्दै नयाँ इतिहास कोर्नुपर्छ । पदभन्दा पनि नेपाली फुटबललाई अघि बढाउने अभियान चलाएको हो । त्यसले सफलता हासिल गरेको छ । अब पक्ष–विपक्ष नभनी एक भएर अघि बढ्नुपर्छ ।’

मिल्ने कुरामा अर्को पक्ष पनि सकारात्मक भएको उल्लेख गर्दै शेर्पाले भने, ‘सामूहिक नेतृत्व, पारदर्शिता, विकेन्द्रीकरण, ग्रासरुटका कार्यक्रम विस्तार र क्लबहरूलाई व्यावसायिक तथा बलियो बनाउने काम गर्नुपर्छ, जसले नेपाली फुटबलको विकास हुन्छ । क्लबहरूबीचको एकतालाई अझ बलियो बनाउनुपर्छ, जसबाट फुटबलमा विकृति–विसंगति रोक्न सकिन्छ ।’

एन्फामा २१ वर्ष अध्यक्ष रहेका गणेश थापाले आर्थिक अनियमितता गरेको र एक्लौटी चलाएको भन्दै विभिन्न निकायमा उपाध्यक्ष कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र सदस्य पंकजविक्रम नेम्वाङले संसद्को सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा उजुरी दिएका थिए । त्यसमा अर्का उपाध्यक्ष किशोर राईले पनि समर्थन जनाएका थिए । यी चारै पदाधिकारीलाई थापा अध्यक्षतामा ११ असोज, २०७२ मा भएको एन्फा कार्यसमिति बैठकले साधारणसभासम्मका लागि निलम्बन गरेको थियो ।

२९ कात्तिक, २०७२ मा फिफाको इथिक्स कमिटीले थापालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको प्रतिबन्ध लगाएको थियो । त्यसयता मनोनीत उपाध्यक्ष नरेन्द्र श्रेष्ठ एन्फाका कार्यवाहक अध्यक्ष छन् । बिनाकारण अनुपस्थित नभएकाले उनीहरूलाई निलम्बन प्रक्रियागत नभएको भन्दै चारै पदाधिकारीलाई १० जेठभित्र पुनर्बहाली गर्न फिफाले २७ वैशाखमा एन्फालाई पत्राचार गरेको थियो । पुनर्बहालीपछि अध्यक्षको निर्वाचन गर्न विशेष साधारणसभा बोलाउन पनि पत्रमा भनिएको छ ।

फिफाको निर्देशन मान्ने उल्लेख गर्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले एन्फाको विधानअनुसार १९ जेठमा कार्यसमिति बैठक बोलाइएको र त्यसैले उनीहरूलाई पुनर्बहाली गर्ने बताएका थिए । श्रेष्ठसहित एन्फाका हाल सक्रिय रहेका पदाधिकारी गणेश थापानिकट मानिन्छन् ।

उनीहरूलाई अहिले पनि थापाकै निर्देशनअनुसार चलिरहेको आरोप छ । यो गुटसँग निलम्बित पदाधिकारी समर्थित समूहको सम्बन्ध राम्रो छैन ।

पुनर्बहाली भएपछि मिलेर काम गर्न सक्ने अवस्था हुन्छ त ? ‘स्वार्थमा नमिल्न सक्छ तर फुटबल विकासका लागि सबै मिल्छन् भन्ने विश्वास लाग्छ,’ शेर्पाले भने, ‘हामीले उठाएका मुद्दा स्थापित गर्नुपर्छ । धेरैले काम गर्दा धेरै हुन्छ, थोरैले काम गर्दा थोरै । त्यसैले सामूहिक नेतृत्व र धेरै काम गर्नका लागि एन्फाका १७ कमिटीलाई सक्रिय गराउनुपर्छ ।’ हिमालयन शेर्पा क्लबका अध्यक्षसमेत रहेका उनले थपे, ‘सबै समस्या समाधान गर्न समय लाग्छ तर हामी सकारात्मक सुरुआत भने गर्नेछौं ।’

राजधानीका ‘ए’ डिभिजनका सरस्वती युवा, फ्रेन्ड्स, हिमालयन शेर्पा, जावलाखेल युथ, मछिन्द्र क्लबका अध्यक्ष तथा मनाङ–मस्र्याङ्दी क्लबका प्रतिनिधि कार्यक्रममा उपस्थित थिए । आरसीटीलगायत ‘बी’ र ‘सी’ डिभिजनका आठ क्लबका पदाधिकारी पनि सहभागी थिए । नेपाली फुटबलका ‘लिजेन्ड’ मणि शाह, एन्फाका पूर्वटेक्निकल डाइरेक्टर कृष्ण थापालगायत पनि उपस्थित थिए ।

  • कान्तिपुर समाचार बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget