Websoft University

www.radiomakalu.com || 021-522512


आत्महत्याको मनोविज्ञान, कटिमुनिको पेन्ट र प्रचण्डको विजय



अनुज सापकोटा 

समित सारडाले आत्महत्या ग¥यो । कोलकातामा उसले आप्mनो इहलिला समाप्त पा¥यो । सुमित र अमितको बीचमा मेरो केहि समय वार्तालापको रिक्तता भएपनि साथीभाई नै भन्दा अतियोशति नहोला । मेरो पूर्व वासस्थान शनिहाटको घरको चौरमा हामी कैयौंदिन क्रिकेट खेलेका छौं । संगै हासखेलपनि गरेका छौं । जे होस् क्रिकेटमा सट हान्न निक्कै सिपालु थियो समित । तर जिन्दगीको सटमा समित क्लिन बोल्ड भयो । समित सधैं हतारिन्थ्यो । ऊ अलिक छटपटे खालको थियो भने उसको दाई अमित अन्र्तमुखि स्वभावको थियो । समित जे पर्छ देखाजाला भन्थ्यो भने अमितमा कम बोल्ने, विस्तारै बोल्ने र हरेक प्रसङको वस्तुपरक विश्लेषण गर्ने बानी थियो । हुन त माडवारी समूदायका छोराहरु विशेष व्यापारमा सहभागी हुने गर्छन् ।
अमित त व्यापार व्यवसायमा फिट थियो तर समितले त खासै व्यापार गर्छ जस्तो मलाई कहिले पनि लाग्दैन थियो । पान परागको सौकिन समितलाई आप्mनो भित्री व्यापारिक चाहनाभन्दापनि व्यापारमा उसलाई होमिएको जस्तो लाग्थ्यो । समित साथीभाईसंग गफ गर्न, हाँसखेल गर्न,खानपिनगर्न, घुम्न र मस्तीगर्ने खालको थियो । सारडाको परिवारमा यूवा समूदायमा समितको जति साथीभाई सायदै अरु कसैको छ होला । ऊ विराटनगरमै मज्जाले रमाएको थियो तर उसलाई भारत व्यापारकोलागि धकेलियो । भनिन्छ भारतमा पनि ऊ व्यापारमा मज्जाले जम्न सकेन । सारडाको नजिक रहेको श्रोतको कुरा मान्ने हो भने समित विराटनगरमा हदभन्दा ज्यादा मनोरञ्जन, खानपिन घुमफिर, साथीभाइको संगतमा लिप्त भएकोले उसलाई भारतमा व्यापार हेर्ने जिम्मा दिएको हो । ऊ प्रायः विराटनगरमै आएर स्थायी बस्ने कुरा गथ्र्यो रे तर घरबाट चै कोलकातानै बस्नुपर्ने दवाव थियो रे । तत्काललाई त आन्तरीक समस्या के होला त्यो त भन्न सकिदैन , अहिले त केवल उडन्ते कुराकै पछि कुद्ने हो । समित आत्महत्याकोलागि के मनोविज्ञानले  प्रेरित भयो , त्यो भने खोज्नु जरुरी छ  । आत्महत्या गर्ने मानिस जबसम्म मानसिक रोगी हुँदैन तब सम्म उसले मर्ने कल्पना गर्न सक्दैन । आमदिनचर्यामा आउने अस्वभाविक परिवर्तन, क्षणक्षणमा झर्कने, मानिसबाट टाढाहुने,स–सानो कुरामा झगडागर्ने,  नशामा डुब्न खोज्ने , केवल मृत्युकै कुरा गर्ने आदिबाटपनि आप्mनो जीवनलाई अन्तगर्न तिर प्रेरित हुँदैछ भनेर बुभ्mन सकिन्छ  । भनिन्छ विश्वमा वार्षिक नौलाख मानिसले आत्महत्या गरी आप्mनो ज्यान फाल्छन् भने प्रतिवर्ष लगभग दुई करोड मानिसले आत्महत्याको प्रयासमा आफूलाई घाइते बनाएका हुन्छन् । अझ अचम्मको कुरा त महिलामा भन्दा पुरुषमा आत्महत्यागर्ने सोच चार गुणाले बढि हुन्छ  । मानिस जब ठान्छ , उसको जीवनमा कुनै खुशी छैन, जीन्दगीसंग कुनै आस रहँदैन , समाजमा ऊ आफूलाई बहिष्कृतजस्तो महशुश गर्छ, डिप्रेशन अर्थात निरासहुन्छ अनि उसमा आत्महत्यागर्ने सम्भावना बढेर जान्छ । यो मनोविज्ञानले भन्छ  । विश्वमा हुने मृत्युको दश कारण मध्ये आत्महत्यापनि एक कारण हो । जब मन कमजोर हुन्छ, आत्मबलको कमिहुन्छ अनि जिन्दगीबाट भाग्न खोज्छ र फलस्वरुप अकालमा मर्न जान्छ  ।
बाँकी पढाइमा असफलता, प्रेममा धोका, व्यापारमा घाटा आदि इत्यादि त मर्ने बहानामात्र हो  । समितको आत्माले शान्ति पाओस् । शान्ति त प्रधानमन्त्रीलाई छदैछैन । प्रमओलीको घोषणाले त केहि बुद्धिजिवीमात्र हैरान भएकाछन्  । कुरा त ठिकै हो । जनतालाई त के को हैरानी, जनतालाई प्रधानमन्त्रीको बोली त अहिले समय काट्ने मेलो भएको छ  । ओलीले धेरै आश्वासनको मसला बाड्नु भएको छ नेपाली जनतालाई । काम किन गर्ने, बकरबकर बोले भएहाल्यो नि । सर्वसाधारणलाई त पिल्सीने आदत नै लागेको छ  । हामी सर्वसाधारण पिल्सी रहन्छौ घरी ग्यासले , घरी महङीले , घरी कालोबजारीले , घरी ठगीले । प्रधानमन्त्री ज्यू, तपाई बोलीरहनुस् । तपाई तेलको कुरा गर्नुस् , ग्यासको कुरा गर्नुस् ,  रेलको कुरा गर्नुस्, खानीको कुरा गर्नुस्, पानी जहाजको कुरा गर्नुस् , भोलीको दिनमा समुद्रै किन्ने कुरा गर्नुस् , आखिर कुरा गर्दैमा के जान्छ र होइन ? एमाओवादीसंग घोषित अघोषित दर्जनौ बुँदा सम्झौता गर्नुभएका प्रधानमन्त्री ओलीले एमाओवादीका बुँदालाई खल्तीमा हालेर हिड्ने कि जनता संग प्रत्यक्ष सरोकार भएका विषयलाई लिएर हिड्ने ,सरकार बचाउने कि जनता जोगाउने , त्यसको त बबाल टेन्सन अवश्य नै  होला, होइन र प्रमज्यू ? देशमा बेथिति बढेको छ  ।

 कोहि कसैको नियन्त्रणमा नभएको जस्तो वातावरण छ । भारतसंगको सम्बन्ध अझै पटरीमा आएको छैन, संघिय गठबन्धनसंग संवादहिनताको क्रम अझै टुटेकोछैन , पुननिर्माणको काम अझै सुचारु भएको छैन , जनताले राहतको रकम अझै पाएका छैनन् , कालोबजारी कायमनै छ , महङीले जनताको पेन्ट कटिमुनि झरिसक्यो तर  सरकार मौन छ । काम गर्ने भन्दा पनि प्रधानमन्त्रीलाई भाषण गर्ने , लाखौ खर्चगरी भोजभतेर गर्ने , आकाशे गुलिया आश्वासन बाड्ने कलामा पोख्त भएका भनेर नोवेल पुरस्कारकोलागि सबै जनता मिलि सिफारिस गर्ने बेला आएको छ  । मैले सुनेको छु बजारमा अनुगमन हुन्छ रे । हुन्छ होला । अनुगमन बजारमा हुन्छ तर बार्गेनिङ सम्बन्धित निकायको अफिसमा हुन्छ । स्पटमा कारवाहीको सट्टा कार्यलयमा हाजीर हुन बोलाइन्छ अनि पैसाको बारगेनिङ शुरुहुन्छ ।
खल्तीमा पैसा पुगेपछि मुद्दा खारेजहुन्छ । जनताको जिउधन बचाउन अनुगमन गर्नुभन्दा पनि आप्mनो खल्ती भर्ने हचुवाको अनुगमनहुन्छ । होइन भने अनुगमन गर्ने टोलीले कतिजनालाई जेल पठाएको छ र कसकसको दोकान, पसल कवल  सदाकोलागि बन्द गराएको छ त्यसको तथ्याङ सार्वजनिक गर्नुपर्छ । खेलकूदमा पछाडि रहेको मोरङमा खेलभन्दा राजनीति बढी हुनेगरेको छ ।

 यसो हेर्दा खेल प्रशिक्षकदेखि पदाधिकारीसम्म ओली र देउवालाई मातगर्ने राजनीतिज्ञ भएका छन् । हरेक खेलमा विवाद र राजनीति छ । भलै खेल जाओस् भाडमा । जम्मा २५ सदस्य रहेको अखिल नेपाल टेवल टेनिस संघ मोरङमा पनि कुर्सी मोह प्रवल देखिएको छ । संघको अध्यक्षमा रोशन दत्त र अनुज बानियाको आ–आप्mनै दावी छ  । यी दुवैखेमाले पत्रकार सम्मेलन गरेर पत्रकारहरुलाई पनि मिठाईको डिब्बा बाँडी भ्याए । दत्त भन्छन् निर्वाचन पारदर्शी भएको हो र हामी आधिकारीक हौं तर  बानियाँपक्षको विकेन थापाहरु दत्तलाई अध्यक्ष मान्न तैयार छैनन् । थापा मतदानमा व्यापक धाँधलीभएको भन्छन् र नया चयनभएकोलाई अध्यक्षको कुर्सीमा बस्न नदिने च्यालेन्ज गर्छन् । बरु दुवै पक्षले कुस्ती खेल्नु नि रिङमा । जुन पक्षले जित्छ , त्यसैलाई आधिकारीक मान्नु । कत्ति सजिलो छ । बेकारको बहसमा लागिरहने सधैं । टेवलटेनिस खेलसंग लामो समयदेखि आवद्ध पंकज सापकोटाले यस्तो विवादले त टेवलटेनिसपनि बक्सीङ ग्लब्स लगाएर खेल्नुपर्ने स्थिति आएको भन्दै आप्mनो टाउको कन्याए । कतिखेर सन्तुष्ट र असन्तुष्ट पक्षबीच हातहालाहाल हुनेहो , मेसो पाउन गा¥हो भन्दै आप्mनै पाखुरा छामे ।

मैले पनि सापकोटालाई हेलमेट लगाएर कर्भड हल छिर्न सल्लाह दिए  । विदेशमा खेलसंग सम्बन्धित क्रियाकलापमा कहिले राजनीति हुँदैन त्यहीभएर खेलमा अब्बल प्रदर्शन हुन्छ, हाम्रो देशमा त राजनीतिनै खेलभएको अवस्थामा कुन प्रदर्शनको आस गर्ने । नेकपा माओवादी  केन्द्रका अध्यक्ष प्रचण्डले हार खाएका, गलित , थकित , समाजीक रुपान्तरणमा खासै योगदान गर्न नसकेको हुलहरुलाई गोलबन्द गराई अब माओवादीको विजयको दिन शुरु भएको बाँसुरी बजाएकाछन् । यो विजय जनताको पक्षमा हुने विजय हो कि,सत्तामा पुगेर पैसा र पदको  रजाई गरी आफू मोटाउने विजय हो कि,  देशलाई माओवादी कार्यकर्ताको भर्तीकेन्द्र बनाउने विजय हो कि, फेरी लाखौ मुल्य पर्ने पलङ किन्ने विजय हो कि, त्यो स्पष्ट पार्न जरुरी देखिएको छ  । हजारौको रगत बगाउने गरि गरिएको माओवादी आन्दोलनको खासै उपलब्धी अहिलेसम्म जनताले देखेकाछैनन् । बरु थोत्रे चप्पल लगाएर हिडनेहरु आज पल्सर र प्राडोमा चढेको चै खुबै देखिएकाछन् नि ।

 कसो प्रचण्ड कामरेड । विराटनगरका पूर्व मेयर प्रहलाद प्रसाद साह केहि दिन अघिसम्म राप्रपा नेपालका अध्यक्ष कमलथापालाई सत्तोसराप गरेर थाक्दैन थिए । अहिले फेरी तिनै थापाको शरणमा पुगेकाछन् । साहले राजनीति भनेको के हो त्यसको सहि व्याख्या गरिदिएकाछन् । हुन त संविधानसभाको समानुपातिकमा मोरङमा सम्मानजनक मत जुन राप्रपा नेपालले प्राप्त गरेको थियो त्यसमा साहको पनि मिहिनेत थियो । राजनीतिमा लिने र दिने ( गिभ एण्ड टेक ) त हुन्छ नै , त्यसैको सेरोफेरोमा नै फेरी साहको सहमहामन्त्रीमा पुर्नवहाली भएको हो कि ? यो समयले बताउने छ  । धन्यवाद ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget