Websoft University

www.radiomakalu.com || 021-522512


सामाजिक–आर्थिक रूपान्तरण हुन सकोस् : राष्ट्रपति

काठमाडौँ, जेष्ठ १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नेपालीको जीवनस्तर माथि उठाउनका निम्ति सामाजिक–आर्थिक रूपान्तरणमा परिचालित हुन आग्रह गरेकी छन्। 



गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस दिनले नेपालीको राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी लोकतान्त्रिक मुलुक निर्माणमा प्रेरणा मिल्ने कामना गरेकी छन्।


गत असोजमा संविधान जारी भएर त्यसको कार्यान्वयन सुरु भएको उल्लेख गर्दै उनले नयाँ संविधानले राजनीतिक संक्रमण र द्वन्द्वको विधिवत् अन्त्य गर्ने विश्वास गरेकी छन्।

संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसका लागि स्रोतसाधनको अधिकतम उपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासको पूर्वाधार निर्माण, उद्योग कलकारखाना स्थापना र रोजगारी प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने उल्लेख गरेकी छन्।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget