Websoft University

www.radiomakalu.com || 021-522512


आन्दोलनले सिंहदरबार र बालुवाटारको पर्खाल भत्काउने

काठमाडौँ,जेष्ठ ६ गते । संघीय गठबन्धनको आगामी आन्दोलनले सिंहदरबार र बालुवाटारको पर्खाल भत्काउने नेता उपेन्द्र यादवले चेतावनी दिएका छन्। उनले सरकारले उपेक्षा गरिरहे देशभर आन्दोलन चर्किने बताए।





बुधबार रत्नपार्क्स्थित शान्ति बाटिकामा भएको संघीय गठबन्धनको सभामा बोल्दै संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका यादवले भने ’यो सुरूवात मात्रै हो, अब हुने आन्दोलनमा देशभरबाट जनता सिंहदरबार र बालुवाटारको पर्खाल भत्काउन जुट्नेछन्।’


गठबन्धन सम्बद्ध अर्को दल संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले सरकारका हरेक काममा बाधा उत्पन्न गरेर आन्दोलन अगाडि बढ्ने बताए। उनले भने ’अबको आन्दोलनमा जे पनि हुनसक्छ, शान्तिपूर्ण आन्दोलन अब बिद्रोहमा बदलिने छ।’ सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीको आलोचना गर्दै असन्तुलित कुरा गरेर प्रधानमन्त्रीले मजाक गरिरहेको बताए।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget