काठमाडौँ,जेष्ठ २ गते । काठमाडौंको नयाँबजारबाट प्रहरीले जुवा खेलेको आरोपमा राप्रपा नेपालका केन्द्रीय सदस्य भुजुङ गुरुङ सहित २४ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत सोहृखुट्टेले २ लाख रुपैयाँ नगद, १ लाख ६५ हजारको चेक सहित उनीहरुलाई पक्राउ गरेको हो ।
मनाङ सेवा समाजको भवनमा जुवा खेलाईरहेको सूचनाका आधारमा प्रहरीले छापा हानेर तीन खाल जुवाबाट उनीहरुलाई पक्राउ गरी जुवा ऐन अन्र्गत कारवाही चलाईको वृतका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
Post a Comment