Websoft University

www.radiomakalu.com || 021-522512


मोरङमा पेट्रोलियम भण्डार

मोरंग ,जेष्ठ ६ गते । भारतीय नाकाबन्दीका कारण केही महिना अघि पेट्रोलियम पदार्थको अभावमा अस्तव्यस्त भएको नेपाल अहिले भूमिगत पेट्रोलियम भण्डारको खोजीमा जुटेको छ । यसका लागि चिनियाँ विज्ञहरु ल्याएर नेपालका विभिन्न भागमा पेट्रोलियम अन्वेषणको काम भइरहेको छ ।


केही साताअघि नेपाल आएको चिनियाँ टोलीले दैलेख, लुम्बिनीमा अन्वेषण गरी पछिल्लो समय मोरङ पुगेको छ । मोरङको बाहुनी गाविसमा पेट्रोलियम पदार्थको खानी रहेको वर्षौंअघि पत्ता लागे पनि थप अन्वेषण र अनुसन्धान हुन सकेको थिएन । सो क्षेत्रमा कस्तो इन्धन कति छ भन्नेबारे अनुसन्धान हुन नसकेको अवस्थामा चिनियाँ टोली उक्त क्षेत्रमा पुगेको हो ।
उद्योग मन्त्रालय स्रोतका अनुसार ६ सदस्यीय चिनियाँ टोलीले अनुसन्धान गरिरहेको छ ।
२०७२ पुस २३ गते सरकारले नेपालमा तीन वर्षभित्र ग्यास र पेट्रोलियम पदार्थको अध्ययन, अनुसन्धान र पहिचान गर्ने भनी दैलेख घोषणापत्र जारी गरेपछि विभिन्न जिल्लामा ग्यास तथा पेट्रोलियम खानीको सम्भाव्यतामाथि केन्द्रीत रहेर अन्वेषण थालिएको हो । यसका लागि नेपालको आग्रह अनुसार चिनियाँ सरकारको प्राविधिक टोली नेपाल आएको हो । टोलीले फिल्ड भिजिट गरेर अध्ययन थालेको छ । टोलीले प्रतिवेदन बुझाएपछि थप प्रक्रिया अघि बढ्ने उद्योग मन्त्रालय स्रोतको भनाई छ ।
टोलीले नेपालमा पेट्रोलियम र ग्यास उत्पादन सम्भावनाको अवस्थामा र व्यावसायिक रुपमा उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रारम्भिक पहिचान गर्ने छ ।
चिनियाँ टोलीले वैशाख २५ गते ग्यासको सम्भावना रहेको दैलेख पुगेर अध्ययन गरेको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget