Websoft University

www.radiomakalu.com || 021-522512


भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यौं भने कसले पत्याउँछ-राजेन्द्र लिंदेन


राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिंदेनले भ्रष्टाचारको विरुद्धमा एकबद्ध हुन सबै सांसदलाई आह्वान गरेका छन्।
आइतबार प्रधानमन्त्री ओलीमाथि विश्वासको मत दिनु अघि प्रतिनिधिसभाको बैठकका बोल्दै उनले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई लक्षित गर्दै उनले भने ‘हामी भ्रष्टाचारको डंगुरमा बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यौं भने कसले पत्याउँछ।’
यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा आफूले भ्रष्टाचार पनि नगर्ने र  हुन पनि नदिने वाचा गरेका थिए।
‘भ्रष्टाचार उन्मुलन र समाप्तिको अभियान हामीले आफूबाट सुरू गर्नुपर्छ’, सम्बोधन गर्दै उनले भने।
यसका साथै उनले प्रधानमन्त्रीलाई  विश्वासको मत दिँदै भने, ‘राष्ट्रियता, प्रजातन्त्र सबल हुन्छ भने राजनितिक स्थिरता र भ्रष्टाचारमुक्त प्रशासन स्थापित हुन्छ भने विकास र संमृद्धिको बाटोमा अघि बढ्छ भने देशभन्दा अरु केही छैन, देशभन्दा माथि केही छैन भन्ने मान्यतालाई आधार मानी यो सरकारलाई  विश्वासको मत रहेको छ। देशको विकास र समृद्धिको लागि यो सरकारलाई विश्वासको मत दिएका छौं।’
हिजो जे भयो भयो अबदेखि हामी कसैले भ्रष्टाचार गर्दैनौं। भ्रष्टाचार गरे आमाको रगत खानु सरह हो भनेर संकल्प गरौं यो देश अगाडि बढ्न कसैले रोक्न सक्दैन भन्दै ध्यानाकर्षण गराए।
‘देश इथियोपिया र सिरिया हुन लाग्यो भन्ने बेला प्रधानमन्त्रीले केही गर्छु भनेर देखाउन लाग्नु भएको छ। त्यसको लागि उहाँलाई हार्दिक शुभकामना,’ उनले भने।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget