Websoft University

www.radiomakalu.com || 021-522512


दुर्घटनामा एकको मृत्यु २ घाइते



दुहवी / मंगलवार बिहान ७ बजे धरान बाट बिराटनगर जाँदै गरेको ना ३ ख ९५६० नम्बर को बसले कोशी राजमार्ग अन्तरगत दुहबी ४ मा ठक्कर दिंदा १ जनाको ज्यान गएको छ भने दुइ जना गम्भिर घाइते भएका छन । बसले ठक्कर दिंदा बराह ६ का पैदल यात्री वर्ष ५५ का डिकराज रिजालको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि बराह ६ कै पैदल यात्री सन्तोष रिजाल र दुहबी ४ का साइकल यात्री राजन चौधरी गम्भीर घाइते भएका छन । उनीहरुको गोल्डेन अस्पताल बिराटनगर र न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार बस चालकको लापरबाहीले दुर्घटना भएकोले केहिबेर राजमार्ग अबरोध समेत गरिएको थियो । बस चालकलाइ इप्रका दुहबीले नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको इप्रका दुहबीका प्रहरी निरीक्षक सैलेस न्यौपानेले बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget