Websoft University

www.radiomakalu.com || 021-522512


वाम गठबन्धनको अग्निपरीक्षा शुरु नेता नेपाल

http://gorkhapatraonline.com/uploads/news-content/1%20News%20Photo%202074/Madhav%20kumar%20Nepal.JPG

काठमाडौँ, पुस ५ गते । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले चुनाव हुनु अगाडि वाम गठबन्धनद्वारा जनतालाई गरिएका सम्पूर्ण प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) कागेश्वर मनहरा नगरपालिका–७ ले आज आयोजना गरेको चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचनमा उक्त गठबन्धनले सरकारको स्थायित्वका लागि गरेको प्रतिबद्धता र समृद्ध नेपाल बनाउन राखेको दृष्टिकोणका आधारमा जनताले स्पष्ट बहुमत दिएकाले ती कार्य पूरा गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले वाम गठबन्धनको अब अग्निपरीक्षा शुरु भए पनि वामपन्थी नेतृत्वको सरकारले बोलेका कुरा पूरा गरेर देखाउने स्थानीयवासीलाई विश्वास दिलाउनुभयो । काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेपालले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याउँदै अब देशमा दण्डहीनताको अन्त्य हुने र विधिको शासन कायम गरी रोजगार सिर्जना गर्ने विषयलाई प्राथमिकता दिइने बताउनुभयो ।

वाम गठबन्धनको सरकार गठन भएपछि देशमा संक्रमणकालीन समयको अन्त्य हुने र स्थानीय पूर्वाधार तथा विकास निर्माणले तीव्रता पाउनेमा पनि नेता नेपालले जोड दिनुभयो । - रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget