Websoft University

www.radiomakalu.com || 021-522512


अन्तरिक्ष स्टेशनमा पाँचतारे होटल खोल्दै रुस, कति लाग्छ शुल्क ?

अन्तरिक्ष स्टेशनमा पाँचतारे होटल खोल्दै रुस, कति लाग्छ शुल्क ?

एजेन्सी : रूसको अन्तरीक्ष एजेन्सी रोसकोसमोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एउटा पाँच तारे होटल बनाउने तयारी थालेको छ । यो होटल विश्वका धनाढ्य मानिसहरुलाई अन्तरिक्षको भ्रमण गराउने उद्धेश्यका साथ खोल्न लागिएको हो ।

बेलायतको चर्चित अनलाइन मिररका अनुसार यस लग्जरी अर्बिटल सुइटमा चार निजी क्याबिन पनि हुनेछन् । एक-एक क्याबिन दुई क्युबिक मिटरको हुनेछ । साथै यसमा अन्तरीक्ष पुगेका यात्रुले ४०० माइल भन्दा तल पृथ्वीतर्फ सिधै हेर्न सकिनेसहितको पूर्वाधार पनि बनाइँदैछ ।

एक अन्य समाचार अनुसार यस पाँच तारे होटलमा १६ इन्च एक ठुलो झ्यालका साथै लाउन्ज एरिया पनि हुनेछ । यहाँ दुई हाइजिन र मेडिकल स्टेशन, व्यायाम उपकरण र वाईफाईको सुविधा पनि हुनेछ ।

पृथ्वीको श्वास रोकिदिने यस दृश्यलाई देखाउनाका साथै अन्तरिक्ष पर्यटकलाई एक व्यवसायिक व्यक्तिको सहयोगमा 'अन्तरीक्ष पैदल यात्रा' को अवसर पनि दिइने भएको छ ।

यस प्रस्तावित होटलको अनुमानित लागत २१० मिलियन पाउन्डदेखि ३३६ मिलिपन पाउन्डको बीचमा हुनेछ । यसलाई बनाउन निजी क्षेत्र र राज्यकोतर्फबाट पनि लगानीका लागि अनुदान दिइने भएको छ ।

यो होटलमा एकदेखि दुई सातासम्म बस्नका लागि हरेक पर्यटकले ४० मिलियन डलर (लगभग ४०९१००००० रुपैयाँ ) शुल्क लाग्ने छ । एक महिनासम्म यहाँ रहन चाहने पर्यटकले स्पेस वाकमा भाग लिन चाहँदा २० मिलियन डलरसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget