Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगरका निर्वाचन कार्यलयको सुरक्षा कडा, कर्मचारीलार्इ समेत प्रबेशमा रोक

 

विराटनगर, असार २ गते  । राष्ट्रिय जनता पार्टी नेपालले क्षेत्रीय निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दीको कार्यक्रम घोषणा गरेपछि विराटनगरमा मुख्य निर्वाचन अधिकृत र क्षेत्रीय निर्वाचन कार्यालयको सुरक्षा मजबुद पारिएको छ ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचनमा खटिने कर्मचारीलाई समेत प्रवेशमा रोक लगाइएपछि केहि सास्ती भएको गुनासो कर्मचारीहरुले गरेका छन् ।

वीरेन्द्र सभागृहमा रहेको कार्यालयमा खटिएका सशस्त्र र जनपद प्रहरीले कर्मचारीलाई बिहानैदेखि प्रवेशमा रोक लगाएका हुन् । जिल्लाका विभिन्न ठाउँबाट आएका निर्वाचनमा खटिने कार्मचारीले आफू खटिनु पर्ने नामावाली र स्थानबारे जानकारी नलिई र्फकन बाध्य छन् ।

कार्यालयमा लिस्ट परिसरभित्र टाँसिएकोले कर्मचारीलाई नामावली हेर्न सास्ती भएको हो । रापजाका कार्याकर्ताले क्षेत्रीय निर्वाचन कार्यालय घेराउ तथा तालाबन्दीको कार्यक्रम घोषणा गरेका छन् ।

भूमिप्रशासन चोक केन्दि्रत कार्यक्रम गरेपनि सुरक्षाकर्मीले क्षेत्रीय निर्वाचन कार्यालय भन्दा करिब २ किलोमटिर उत्तरमा रहेको वीरेन्द्र सभागृहको सुरक्षामा पनि कडाई गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले राजपाका कार्यकर्ताको प्रदर्शनबाट कुनै अपि्रय घटना नहोस भनेर सुरक्षालाई मध्यनजर गरेर केही समयका लागि कर्मचारीलाई पनि प्रवेश गर्न रोक लगाइएको जानकारी दिए ।

मोरङका ६ सय ५९ मतदान केन्द्र र ३ सय मतदानस्थल तय गरिएको छ । जसमा ६५ मतदाना स्थल अतिसंवेदनशील, १ सय ४४ संवेदनशील र ८१ सामान्य सूचिमा राखिएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget