Websoft University

www.radiomakalu.com || 021-522512


सर्वोच्च अदालतबाट बिदा भइन् प्रधानन्यायाधीश कार्की

सर्वोच्च अदालतबाट बिदा भइन् प्रधानन्यायाधीश कार्की

काठमाडौं,जेठ २३ गते ।  प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि मंगलबार सर्वोच्च अदालतबाट बिदा हुनुभएको छ । मंगलबार बिहान सवा एघार बजे उहाँ आफ्ना सहकर्मीहरूसँग बिदा लिएर सर्वोच्च परिसरबाट बाहिरिनु भयो ।
सर्वोच्च अदालतको बहुचर्चित प्रधानन्यायाधीशका रूपमा काम गर्नु भएकी कार्कीले बिदा हुने बेला सहकर्मीहरू पुष्पगुच्छा, खादा र कुनै प्रकारको उपहार नलिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ । उहाँको कार्यकाल बुधबार(जेठ २४ गते) सकिँदै थियो ।
नयाँ प्रधानन्यायाधीशको चयनमा ढिलाइ भएकाले हाललाई कार्कीको अनुपस्थितिमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुली स्वतः कामु प्रधानन्यायाधीश बन्नेछन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget