Websoft University

www.radiomakalu.com || 021-522512


देउवालाई राजपाको पनि समर्थन, तीनबुँदे सहमतिको तयारी



काठमाडौं, जेठ २३ गते  । राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ । त्यसअघि कांग्रेस, माओवादी केन्द्र र राजपाबीच तीनबुँदे सहमति गर्ने तयारी छ ।

नेताहरुका अनुसार तीनबुँदे सहमति गर्ने तयारी छ । जसमा प्रचण्ड सरकार गठनका क्रममा भएको तीनबुँदे सहमति कार्यान्वयन एउटा बुँदा हुनेछ ।


यस्तै स्थानीय तहको संख्या बृद्धि गर्ने सहमति पनि कांग्रेस र माओवादीले गर्ने भएका छन् । अर्को बुँदा प्रधानमन्त्री निर्वाचनमा राजपाले भोट हाल्ने हुने एक नेताले बताए ।

तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राजपा नेपालका २४ सांसद छन् ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget