Websoft University

www.radiomakalu.com || 021-522512


अर्जेन्टिनी क्लब फुटबलरको दाबीः विपक्षी स्ट्राइकरलाई सूईले घोचेर जितियो



एक अर्जेन्टिनी फुटबल खेलाडीले आइतबार भएको खेलका क्रममा विपक्षी खेलाडीलाई चोट पुर्‍याउन सुईको प्रयोग गरेर खेल जितेको दाबी गरेका छन् ।


एक रेडियो अन्तर्वार्ताका क्रममा अर्जेन्टिनाको तल्लो डिभिजनको क्लव स्पोर्टस प्यासिफिकोका डिफेण्डर फेडेरिको एलेण्डेले शीर्ष डिभिजनको क्लब स्टुडियान्टेसका स्ट्राइकरलाई पटक-पटक सुई प्रयोग गरेर चोट पुर्‍याएको खुलासा गरेका हुन् । एलेण्डेले भनेका छन् कि खेल जित्नका लागि खेलाडी चलाख हुनुपर्छ ।

प्यासिफिकोका अध्यक्ष हेक्टर मोन्काडाले यस्ता खेलाडीलाई बर्खास्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी स्तब्ध भएका छौं । यस घटनाले हाम्रो टिमको राम्रो काम धुमिल पारिदिएको छ । म उसलाई टिमबाट निकाल्छु’ मोन्काडाले स्थानीय क्लेरिन न्युजपेपरसँग भने ।

त्यसखेलमा प्यासिफिको ३-२ ले बिजयी भएको थियो भने स्टुडियान्टेस प्रतियोगिताबाट बाहिरिएको थियो ।

राजधानी ब्युनर्स आयर्सबाट खेल जितेर फर्किएको घरेलु टोलीलाई पश्चिमी क्षेत्रको सानो शहर जनरल अल्भेरमा भव्य स्वागत र सम्मान गरिएको थियो ।

तर, राम्रो माहोल एकाएक खराव समाचारमा बदलियो ।

यसले मलाई धेरै घृणा गर्थ्यो

मंगलबार एक स्थानीय रेडियोलाई दिएको अन्तर्वार्तामा डिफेण्डर एलेण्डेले भनेका छन्, ‘स्टुडियान्टेस जस्ता उपल्लो डिभिजनको टोलीलाई हराउन तपाईले फोहोरी खेल खेल्नु जरुरी हुन्छ ।’

‘हामीलाई थाहा थियो कि उनीहरुबिरुद्ध खराव खेल्नु थियो र मैले स्टुडियान्टेसका स्ट्राइकरहरुलाई एक सुईले घोचिरहेको थिएँ’ प्यासिफिकका डिफेण्डरले भने ।

‘हामीलाई थाहा छ कि शीर्ष डिभिजनका खेलाडी हामीसँगको ‘कन्टयाक्ट’ मन पराउँदैनन् । हामीले टाइम किल गरिरहेको वा खराव खेलिरहेको उनीहरु मन पराउँदैनन् । त्यसैकारण हामीले यस्तो गर्नु जरुरी थियो । फुटबल भनेकै यस्तै हो, फुटबल चलाख हुन्छ’ भोटि्रक्स रेडियोसँग एलेण्डेले भने ।

कोलम्बियाली स्ट्राइकर जुहान ओटेरले भनेका छन् कि उनलाई खेलका दौरान पटक पटक सुईले घोचिएजस्तो भएको थियो, र उनले रेफ्री समक्ष उजुरी पनि गरेका थिए । ‘मैले ओटेरोलाई सुईले बारम्बार घोचेको हुँ । उसले मलाई निक्कै घृणा गर्थ्यो’ एलेण्डेले अन्तर्वार्तामा भने ।

अन्तर्वार्ता सुनिसकेपछि एलेण्डेप्रति ओटेरोले ‘एक खराव मानिस’ भनेर प्रतिक्रिया दिएका छन् ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget