Websoft University

www.radiomakalu.com || 021-522512


पराजुलीलाई रोक्न रिट

पराजुलीलाई रोक्न रिट

काठमाडौं,  जेठ  १८  गते  ।   सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश हुनबाट रोक्न माग गर्र्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । रिटमा बिहीबारै सुनुवाइका लागि पेसीसमेत तोकिएको छ ।
बनेपा निवासी अधिवक्ता विकास गिरीद्वारा पेस भएको उक्त रिट कार्यालय समय सकिनुभन्दा केहीअघि सर्वोच्च प्रशासनमा दर्ता भएको थियो । पराजुलीको एसएलसीको शैक्षिक प्रमाणपत्र र उमेरका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा रिट दर्ता गरिएको छ । पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस रोक्न, संसदीय सुनुवाइ नगर्न र नियुक्ति नदिन गिरीले संवैधानिक परिषद्, सुनुवाइ समिति र राष्ट्रपतिका नाममा अन्तरिम आदेशको माग गर्नुभएको छ।
रिटमा साउन २१ गते अवकाश मिति कायम गरी अवकाशको जानकारी दिन न्यायपरिषद्का नाममा परमादेशसमेत माग गरिएको छ । पराजुली ०४८ साल कात्तिक १८ गते पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको हो । जेठ २४ मा प्रधानन्यायाधीश कार्कीले अवकाश लिएपछि पराजुली उहाँको उत्तराधिकारी बन्ने निश्चित भएका बेला यस्तो रिट आएको हो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget