Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगले भन्यो-पुरानै स्थानीय तहमा मात्र चुनाव गर्न सकिन्छ




काठमाडौं, जेठ ११ गते  । निर्वाचन आयोगले ४६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
सरकारले हालै मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।

त्यस अनुसार चुनावको व्यवस्था गर्न सरकारले आयोगलाई पत्राचार गरेको छ । सरकारको पत्र पाएपछि बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

परिर्वतन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतका विस्तृत विवरण अझैसम्म नपाएको भन्दै आयोगले यो प्राप्त भएपछि त्यस अनुसार मतदानता नामावली र स्थानीय तहको केन्द्रमा पुर्‍याउन सम्भव नभएको बताएको छ ।

‘मतदाताको परिर्वतित ठेगाना अनुरुप मतदाता परिचय पत्र छपाई गरी जेठ २७ गतेसम्म सम्वन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने जानकारी गराइन्छ’ आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget