Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी सचेतक र एमाले उम्मेदवारसँग निर्वाचन आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौं,  वैशाख २६ गते   ।  । निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिका प्रमुख र उपप्रमुखका एमाले उम्मेदवारसँग २४ घण्टे स्पष्टीकरण मागेको छ । यस्तै निर्वाचन आयोगले माओवादी केन्द्रका सचेतक सीता नेपालीलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

एमाले थाक्रे गाउँपालिका प्रमुखका उम्मेदवार रामकुमार आचार्य र उपप्रमुखकी उम्मेदवार अम्बिका रुपाखेतीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो ।


उनीहरुले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पुष्टि भएकाले आयोगले २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव नेतृत्वको सुक्ष्म अनुगमन टोलीले एमालेका उम्मेदवारले आचारसंहिता विपरितको काम गरेको भेटेको आयोगले जनाएको छ ।

उनीहरुले बैशाख २५ गते तीन ट्रक कार्यकर्तासहित, स्कारपियो गाडी, ब्यानर, दल, निर्वाचन चिह्न तथा टि-सर्ट सहित मोटर साइकल र्‍याली निकालेको आयोगले जनाएको छ । निर्वाचन आयोगले गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारले एउटा गाडी र दुई वटामात्र मोटरसाइकल प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ ।

आयोगले प्रमुख निर्वाचन आयुक्तले नै अनुगमनको क्रममा धादिङ सिम्लेमा सप्रमाण आचार संहिता विपरितको कार्य भएको देखेकाले निर्वाचन आचार संहिता विपरीत काम कारवाही गरेको कसूरमा हदैसम्मको कारवाही किन नगर्ने ? भन्दै स्पष्टीकरण सोधेको हो ।

माओवादी केन्द्रकी सचेतक सीता नेपालीले आयोगका प्रवक्ताका अनुसार भन्दै अहिलेसम्म निर्विरोध सदस्यमध्ये माओवादी केन्द्रले १४५ पदमा, कांग्रेसले १३५ पदमा र एमालेले २५ पदमा विजयी भएको भन्दै स्टाटस लेखेको भन्दै स्पष्टिकरण सोधेको छ । निर्वाचन आयोगमा उनको फेसबुक पेजको पि्रन्टसमेत संलग्न गरी आयोगसमक्ष उजुरी प्राप्त भएपछि आयोगले स्पष्टिकरण सोधेको हो ।

फेसबुकमार्फत गलत सूचना सम्पे्रषण गरेको देखिन आएकाले निर्वाचन आचारसंहिता उल्लंघन गरेतर्फ हदैसम्मको कारवाही किन नगर्ने भन्दै नेपालीलाई २४ घण्टे स्पष्टिकरण सोधेको आयोगले जनाएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget