Websoft University

www.radiomakalu.com || 021-522512


तनहुँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

तनहुँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

फाइल तस्बिर

दमौली,  वैशाख २९ गते  ।  तनहुँमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ। दुवै पक्षले झडपमा परी आआफ्ना कार्यकर्ता घाइते भएको दाबी गरेका छन्। कांग्रेसले आफ्ना सात जना कार्यकर्ता घाइते भएको बताएको छ भने एमालेले आफ्ना एक जना कार्यकर्ता घाइते भएको जनाएको छ।

नेपाली कांग्रेसका नेता राजेन्द्र खनालले भीमादको राङरुङबाट बिहीबार राति अबेर चुनावी प्रचार सकेर फर्कंदै गर्दा आफुहरुमाथि एमालेको समूहले आक्रमण गरेको आरोप लगाउनु भएको छ। उहाँले एमालेका तर्फबाट भीमाद वडा नम्बर ७ का वडा अध्यक्ष उम्मेदवार सूर्यकुमार श्रेष्ठको निवासबाट आफूहरुमाथि बोतल तथा ढुंगा प्रहार भएको आरोप लगाउनु भएको छ।
उहाँका अनुसार घटनामा भीमाद मालेबगरका २२ वर्षीय बिमल थापा गम्भीर घाइते भएका छन्। उनको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। ‘हामी चुनावी कार्यक्रम गरेर फर्कंदै गर्दा एक्कासी घरमाथिबाट आक्रमण भयो,’ नेता खनालले भन्नुभयो ,‘त्यसपछि घेरेर कुटपिट गरियो।’
तर, एमालेले भने आफ्ना कार्यकर्ताको घरमा आक्रमण भएपछि झडप भएको बताएको छ। एमाले भीमाद नगरपालिका अध्यक्ष ध्रुव खनालले आक्रमणपछि झडप हुँदा दुवैतर्फका घाइते भएको बताउनुभयो। उहाँले आफ्ना वडा अध्यक्ष उम्मेदवार श्रेष्ठको ग्यारेजमा कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरोप लगाउनु भयो। उहाँले आफ्ना कार्यकर्ता भीमाद ६ निवासी २३ वर्षीय मनोज थापा घाइते भएको र सेतीगंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको बताउनुभयो।
तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले दुवै पक्षका युवाबीच झडप भएको बताउनुभयो। उहाँले घटनाको जानकारी पाउना साथ पुगेको प्रहरीको टोलीले झडपलाई नियन्त्रणमा लिएकाले ठूलो घटना हुनबाट रोकिएको जानकारी दिनुभयो ।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget