Websoft University

www.radiomakalu.com || 021-522512


यस कारण लगाइन श्रीमतीले आफनै घरमा आगो



यस कारण लगाइन श्रीमतीले आफनै घरमा आगो

मोरङ, वैशाख ५ गते   । मोरङको पथरी शनिश्चरे नगरपालिका ७ मा सोमबार आफ्नै घरमा आगो लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सोही ठाँउ बस्ने राम बहादुर राई र निजको श्रीमती रमिला राई बिच सामान्य घरायसी बादबिवाद हुँदा रमिलाले आफ्नै घरमा आगो लगाएकी हुन्।

आगो लगाउने राईलाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान थालेको छ। आगलागीबाट राई परिवारको एक तले फुसको छानो भएको घर, ग्वाली, परालको कुन्यु लगायत सम्पुर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको छ। आगो प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget