Websoft University

www.radiomakalu.com || 021-522512


चिट चोर्ने पुरानै प्रवृत्ति, महोत्तरीमा ९ बोरा चिट बरामद



काठमाडौं, चैत्र ४ गते । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बोराका बोरा चिट बरामद भएको छ । उपत्यकामा एक विद्यार्थी चिट चोरेकोमा निलम्बन (एक्सपेल्ड) भएका छन् ।

तराईका जिल्लाहरूमा सबैभन्दा धेरै चिट बरामद गरिएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

राससका अनुसार ९ अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद भएको छ ।

परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा चिट बरामद भएको हो ।
परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

काठमाडौंमा त्यति बढी फेला नपरे पनि चिट चोर्ने प्रवृत्ति भने नहटेको नियन्त्रक रेग्मीले बताए । देशभर नै खोजतलास गरी ठूलो मात्रामा चिट बरामद भए पनि आधिकारिक रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपले सम्पन्न भएको बताउँदै उनले पहिलेदेखि दिइएको निर्देशनअनुसार कक्षा कोठाबाहिरै परीक्षार्थीसँग भएको गाइड वा चिट खोजतलास गरी बरामद गरिएको बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget