Websoft University

www.radiomakalu.com || 021-522512


माेर्चाकाे अाम हडतालले पूर्वि नेपालकाे जनजिवन प्रभावित


माेर्चाकाे अाम हडतालले पूर्वि नेपालकाे जनजिवन प्रभावित
इटहरी, फागुन २७ गते ।    सप्तरीको घट्नाकाे बिषयलार्इ लिएर संघीय गठनबन्धनले गरेकाे नेपाल बन्दका कारण पूर्वि नेपालकाे जनजिवन प्रभावित भएकाे छ ।

मधेशी मोर्चासहित संघीय गठनबन्धनको समर्थनमा गरिएको आम हड्तालका कारण पूर्वका सुनसरी मोरङ, धनकुटा, भोजपुर , इलाम, पाचथर संखुवासभा लगाएतका जिल्लामा विहानैदेखि यातायात, कलकारखाना, शैक्षिक संस्था, व्यवसायिक फर्म पूर्ण रुपमा ठम्प रहेका छन् भने मोटरसाइकल एम्बुलेन्स, दूधको गाडीलाई निर्वाध रुपमा चल्न दिएका छन् ।

नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत सप्तरीमा प्रहरीले चलाएको् गोली लागी मृत्यु भएका चारजनालाई सहीद घोषणा गर्नुपर्ने, दोषी उपर कारबाही गर्नुपर्ने तथा संविधान संसोधन गरेर मात्रै स्थानिय निकायको निर्वाचन गर्नुे पर्ने उनिहरुको माग छ । संघीय समाजवादी फोरमका धरान संयोजक पारस काङवाङले सप्तरीमा निर्मतापूर्वक प्रहरीले गोली चलाएर सप्तरीमा चार जनाको हत्या गरेको भन्दै घोर भत्सर्ना गर्दै भारतीय ज्यादतिविरुद्ध समेत आफुहरु ले आन्दोलन सुरु गरेको वताउनु भयो।

उहाले कञ्चनकपुरमा भारतीय प्रहरीले नेपाली भूमिमै प्रवेश गरी गोविन्द गौतममाथि गोली प्रहार गरी हत्या गरेको भन्दै भारतीय ज्यादति विरोध गर्दै सीमा क्षेत्रमा नेपाली सेना परिचालन गर्नुपर्ने बताउनुभयो । भारतीय एसएसवीको सग भिड्न नेपाली सेनालाई व्यारेक वाट निकालेर सिमामा
तैनाथ गरिनु पर्ने उहाको माग छ ।-गोविन्द बस्नेत



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget