Websoft University

www.radiomakalu.com || 021-522512


बहुप्रतिक्षित कावेली ए आयोजनाको सिलान्यास : अव निर्माण कार्यले तिव्रता पाउने


बहुप्रतिक्षित कावेली ए आयोजनाको सिलान्यास : अव निर्माण कार्यले तिव्रता पाउने
ताप्लेजुङ, चैत्र १० गते । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण हुन लागेको प्रतिक्षित कावेली ए जलबिद्युत आयोजनाको निर्माण कार्यले अब तिव्रता पाउने भएको छ । यस अघि पुर्व तयारी स्वरुप फिल्ड सर्वेक्षण, सडक विस्तार लगाएतका काम भए संगै थप कार्यलाई अघि बढाउन आज एक कार्यक्रमका विच सिलान्यास गरिएको छ ।


पुर्वाञ्चलकै ठुलो आयोजनाको रुपमा रहेको उक्त जलविद्युत आयोजनाको स्थानिय वयबृद्ध दुर्गा भण्डारीले सिलान्यास गर्नु भयो । आयोजनाको सिलान्यास संगै थप निर्माण कार्यले तिव्रता पाउने कावेली ईनर्जी प्रालिका अध्यक्ष प्रदिप श्रेष्ठले बताउनुभयो । ३७.६ मेगावाटको उक्त आयोजना करिब दश अर्व रुपैँयाको लगानीमा निर्माण हुन लागेको आयोजना प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयोे ।

सिलान्यास कार्यक्रममा बोल्दै सहयोगी सस्था इन्फ्राको एसिया प्रमुख एलार्डले स्थानिय वुटवल पावर कम्पनी संग नेपालमा जलविद्युत आयोजना निर्माण गर्न संयुक्त उद्यम कम्पनीको स्थापना पछि पहिलो आयोजनाको रुपमा कावेली ए जलविद्युत आयोजना निर्माण गर्न लागेको बताउनुभयो । कार्यक्रममा विस्व वैंकको नेपाल कन्ट्री डाईरेक्टर फ्रेङ्क लगाएतको उपस्थिती रहेको थियो ।

झिझ्याङ र टिडब्लुसिडब्लु नामक दुईवटा चिनियाँ कम्पनीले आयोजना निर्माणको जिम्मा पाएका छन् । पाँचथर अमरपुरको वडा नं. २ र ५ को खोलाखर्कमा पोखरी निर्माण गरि साढे चार किमि सुरुङमार्ग बनाई पिनासी घाटमा पावर हाउस निर्माण गरिनेछ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविस आयोजनाबाट प्रभावित क्षेत्रमा पर्छन् । आयोजना सन २०२० मा सम्पन्न हुने बताईएको छ ।- सन्तोष पुर्कुटी,पुर्बेलीन्युजबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget