Websoft University

www.radiomakalu.com || 021-522512


म्यानमारबाट बीस हजार शरणार्थी चीन प्रवेश


म्यानमारबाट बीस हजार शरणार्थी चीन प्रवेश


चीन,  म्यानमारमा जातीय आन्दोलन चलाएका विद्रोही र म्यानमार सरकारबीच भएका भिडन्तका कारण एक साताभित्र यहाँ करिब २० हजार शरणार्थी चीन प्रवेश गरेको बेइजिङले बिहीबार जनाएको छ ।


विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले आफ्नो नियमित पत्रकार भेटघाटमा भन्नुभयो, “द्वन्द्वबाट ज्यान जोगाउन चीन पुगेका उनीहरुले द्वन्द्वको अस्थायी विकल्पका रुपमा चीन पुगेका र उनीहरुलाई चीन सरकारबाट मानवीय सहयोग दिइएको थियो ।”

म्यानमारको उत्तरपूर्वी सान राज्यमा भएका लगातार सेना र स्थानीय अल्पसङ्ख्यक जातीय समुदायबीच भएका झडपले सरकारद्वारा आह्वान गरेको शान्तिका लागि प्रयासमा समेत चुनौती दिएको छ ।

यसरी म्यानमारमा भएका द्वन्द्वले सन् २०१५ मा म्यानमारमा भएका द्वन्द्वबाट चीन पुगेका शरणार्थीका कारण दुई देशको सम्बन्धमा समस्या उत्पन्न गरेजस्तो सङ्कट निम्त्याउनसक्नेतर्फ सजक बन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घसङ्गठनले सुझाव दिएका छन् । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget