Websoft University

www.radiomakalu.com || 021-522512


फिलिपिन्सबिरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा, कर्णको पुनरागमन



अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसिया कप २०१९ को छनौट प्रतियोगिता अन्तर्गत फिलिपिन्सबिरुद्धको आसन्न खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।


टोलीका प्रमुख प्रशिक्षक ग्योतुकी कोजीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्येबाट २० खेलाडी सम्मिलित नेपाली टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोलीमा ३ गोलरक्षक, ७ डिफेण्डर, ६ मिडफिल्डर र ४ स्ट्राइकर समावेश गरिएको छ । दोस्रो छनौटपछि अन्तिम २७ मा परेका खेलाडीमध्येबाट देभेन्द्र तामाङ र सुमन लामा चोटका कारण बाहिरिएका छन् भने एलन न्यौपाने, अनिल गुरुङ, राजेन्द्र रावल, मानबहादुर तामाङ र बिमल बस्नेत टिममा स्थान बनाउन असफल रहे ।

त्यस्तै घरेलु नकआउट फुटबलका स्टार स्ट्राइकर कर्ण लिम्बु ३ बर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । सन् २०१४ मा यमनबिरुद्धको खेलपछि उनी राष्ट्रिय टोलीमा अटाएका थिएनन् । नेपालको राष्ट्रिय टिमबाट उनले एकमात्र खेल खेलेका छन् ।

सुपरस्टार नवयुग श्रेष्ठ चोटका कारण खेल्न नसक्ने भएपछि प्रशिक्षक कोजुले कर्णलाई टिममा समावेश गरेका हुन् ।

एसियन कपको छनौट अन्तर्गतको पहिलो खेलमा नेपालले आगामी चैत १५ गते फिलिपिन्ससँग मनिलामा प्रतिस्पर्धा गर्दैछ ।

घोषित नेपाली टोलीका सदस्यहरुमा

गोलरक्षकः बिकेश कुथु, किरण लिम्बु र बिशाल श्रेष्ठ
डिफेण्डरः रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की
मिडफिल्डरः रोहित चन्द, बिशाल राई, हेमन गुरुङ, बिक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ
स्ट्राइकरः बिमल घर्तीमगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बु। -अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget