Websoft University

www.radiomakalu.com || 021-522512


विश्व विद्यालयको १३ सय विगाहा जग्गा १५ वर्षदेखि माओवादी कब्जामा



विश्व विद्यालयको १३ सय विगाहा जग्गा १५ वर्षदेखि माओवादी कब्जामा

घोराही , फागुन २३ गते । दाङमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गा १५ वर्ष देखि माओवादीको कब्जामा रहेको छ। माओवादीले शसस्त्र संघर्षको समयमा २०५८ सालमा कब्जामा लिएको उक्क्त जग्गा अझैसम्म फिर्ता हुन सकेको छैन।

दाङको गोवहडिया, राजपुर, सतवरिया, बेला, गंगापरस्पुर गाविसका विभिन्न स्थानमा रहेको १३ सय ३६ विगाहा जग्गा अहिले पनि माओवादीको कब्जामा रहेको छ। युद्धको नेतृत्व कर्ता पुष्पकमल दहाल दुई-दुई पटक प्रधानमन्त्री र सोही विश्व विद्यालयको कुलपति हुँदा पनि जग्गा फिर्ता नपाएको विश्व विद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले गुनासो गरे।

१५ वर्षदेखि विश्व विद्यालयले कब्जा भएको जग्गाको वार्षिक २ लाखका दरले तिरो तिर्दै आएको संस्कृत विश्व विद्यालय देउखुरी जग्गा ब्यबस्थापन समितिका अध्यक्ष माधव अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार कब्जा हुनुअघि विश्व विद्यालयले जग्गाबाट नियमित आम्दानी लिइरहेको थियो।

उपकुलपति कोइरालाका अनुसार विश्व विद्यालयको नाममा १६ सय ६२ विगाह जग्गा मध्ये ३ सय २६ विगाह जग्गा मात्रै विश्व विद्यालयले भोगचलन गर्दै आएको छ। केही जग्गा ब्यवसायीक रुपमा लिजमा दिएको छ। अन्य १३ सय ३६ विगाह जमिन विश्व विद्यालयले आफुले प्रयोग गर्न पाएको छैन।

देशमा राजनीतिक अस्थिरता बढ्दा र विभिन्न आन्दोलनको संघारमा विश्व विद्यालयको जग्गा कब्जा हुदै आएको छ। दाङको देउखुरी क्षेत्रमा रहेको विश्व विद्यालयको जग्गा स्थानीय, भूमीहिन, राजनीतिक दलका कार्यकर्ता, सरकारी निकाय लगायतले भोगचलन गर्दै आएको पाइएको छ। - गोपाल शर्मा , अन्नपूर्ण पोस्टबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget